माघ । विश्वकप क्रिकेट डिभिजन टु अन्तर्गत युगाण्डाले नेपाल सामु १ सय ४७ रनको विजयी लक्ष्य दिएको छ । खेलमा नेपालले केही समयपछि जवाफी ब्याटिंग गर्दैछ ।

५० ओभरको खेलमा युगाण्डाले नेपालसामु १ बल बाँकी छँदै अलआउट बनेर १ सय ४६ रन जोडेको हो ।

खेलमा कप्तान पारस खड्का र वसन्त रेग्मीले तीनतीन विकेट लिए भने सोमपाल कामीले दुई विकेट र शक्ति गौचनले एक विकेट लिए। युगान्डा खेलाडी कारासानी रन आउट भए। 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।