जाजरकोट २१ मंसिर । पुन्मा ४ इवरका केशब रोकाय व्यावसायिक तरकारी खेतीका किसान हुन ।
तरकारी खेती गरेर वार्षिक डेढ लाख देखि २ लाख सम्म आम्दानी गरिरहेका रोकायले अहिले भण्डै ५ रोपनी जग्गामा तरकारी खेती गरेका छन । ६ वर्ष अघि तरकारी खेती सुरु गरेका रोकायले तरकारी विक्रि गरेर नै आफनो आर्थिक अवस्थालाइ मजवुत वनाएका छन ।
वारीमा हिउदे ,वर्षे तथा वेमौसमी तरकारी नियमित रुपमा लगाउने गरेका उनले आफुले उत्पादन गरेका तरकारी हरु जाजरकोट सदरमुकाम खलंगा ,रुकुमको चौरजहारी तथा जाजरकोटकै मटेला वजार,फेरा वजार खोलेपुज्ने वजार लगायतका ठाउमा लिएर वेच्ने गर्दछन । उनले गाउँका अन्य किसानलाइ व्यावसायिक कृषि पेशामा लाग्न पे्ररित गरिरहेका छन् ।
रोकाय आफुले व्यावसायिक तरकारी खेती गरे पनि वजारको अभावले तरकारी सवै विक्री गर्न समस्या परेको वताउछन । उनी कहिले त थोरै मात्र वचेको हुन्छ तर कहिले त धेरै तरकारी वाकी रहेर कुहेर खेर जान्छ के गर्ने भनी दुखेसो पोखे । यातायातको राम्रेो सुविधा र वाटोघाटो को सजिलो अवस्था नहुदा आफुहरुलाइ तरकारी उत्पादन गरेपनि विकाउन गाह्रो परेको रोकायले भने ।
केशब मात्र हौइन अर्का तरकारी कृषक रुद्र रोकाया पनि तरकारी खेती गरेर आर्थिक रुपमा सवल किसान भएका छन । उनी पनि केशब जस्तै व्यावसायिक तरकारी खेती गर्ने किसान हुन। उनले पनि आफनो वारीमा विभिन्न जात र प्रकारका तरकारीहरु लगाएका छन । रातदिन तरकारी खेतीमै समय विताइरहेका रुद्र तरकारी खेती गरेर मनग्य आम्दानी गर्न किसान मध्य एक हुन ।
उनी पनि तरकारी विक्री नहुने समस्याले पिडित छन । मौसम अनुसारको विभिन्न जातका ताजा तरकारी उत्पादन गरिन्छ तर विक्री नहुने होकि भन्ने चिन्ताले सताउछ । रातदिन मिहनेत गरेर तरकारी उत्पादन गरिन्छ तर के गर्ने उत्पादन गरे जति तरकारी सवै विक्री गर्न गाह्रोछ । न त नजिकै तरकारी खपत हुने वजार छ न टाढा लिन सकिने राम्रो यातायातको सुविधा छ ।
पानीको समस्या भिरालो जमिन र मल नभएको जग्गामा पनि इवरका किसान राम्रो प्रगति गरेको जिल्ला कृषि विकास कार्यालय जाजरकोटका वरिष्ठ कृषि विकास अधिकृत चित्र वहादुर रोकायाले बताए । मिहिनेत र परिश्रमी बानीले गर्दा नै नमुना कृषक बन्न सफल भएको उनले वताए । किसानहरुको कडा परिश्रम र लगानीले राम्रो सम्भावना देखाएको र यसलाइ अझ प्रोत्साहन गरेर कृषि उत्पादनलाइ प्रतिफलमुखी वनाउन कार्यालयका तर्फवाट उचित सहयोग गरिने रोकायाले वताए ।
यहाँका दुइ दर्जन बढी कृषकले तरकारी तथा फलफूल खेतीबाट राम्रो आम्दानी गर्ने गरेका छन । परिश्रम गरे आफ्नै बारीमा सुन फलाउन सकिन्छ भन्ने गतिलो उदाहरण दिएको हेल्भेटास स्वीस इन्टर कोअपरेशन नेपाल जाजरकोटका जिल्ला कार्यक्रम संयोजक रश्मी पण्डितको भनाई छ ।
दिगो भु व्यवस्थापन कार्यक्रम ,हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपालको आर्थीक सहयोग र सचिवालय संस्था हिमालय समाज विकास केन्द्र जाजरकोटद्धारा संचालित किसान—किसान कृर्षी प्रसार कार्यक्रम अन्तरगत दिगो भूव्यवस्थापनमुखी प्रविधि विस्तार तथा क्षमता विकासका विभिन्न तालिम, गोष्ठी, तथा सीप विकासका लागी सहयोग गरिएको किसान—किसान कृर्षी प्रसार कार्यक्रमका कार्यक्रम संयोजक हिटलर सिंह राठौरले वताए ।
सदरमुकामको लागि मात्र भएपनि वाटो घाटोको व्यवस्था राम्रो गराउन पनि माग गरेपछि गरिवी निवारण कोषको सहयोगमा इबरबाट मुख्यरोडमा जोडन ४१ लाखको कृर्षी सडक परेपनि जिल्ला बन कार्यालयले जाजरकोटले वन नोक्सानी हुने भन्दै रोकेको किसान मनविर रोकायाले वताए । इस्टिमेट भई काम सुरु गर्नु भन्दा अगाडी जिल्ला वन कार्यालयले रोकेकोले काम रोकीएको उनले वताए । यसको पहलका लागी कसैले ध्यान नदिएको उनको गुनासो छ ।
अहिले वाटो घाटोको सुविधा नहुदा स्थानीयले खलंगा वजारमा महगो मुल्यमा तरकारी किन्न वाध्य छन । यातायातको सुविधा नभएकै कारण किसानहरु ले सहज ढंगले तरकारीलाइ वजारसम्म पुराउन कठिन भइरहेको छ भने स्थानीय हरु पनि तरकारीको महंगो मुल्यको मारमा परेका छन ।