कात्तिक ३ । अष्ट्रेलियाले इराकको राजधानी बग्दादमा करिब दुईसय विशेष सैन्य बल पठाउने भएको छ ।

ती विशेष सैन्य बललाई इस्लामिक स्टेट (आइएस) विरुद्धको लडाईमा इराकी सैनिकलाई सल्लाह र सहयोगको लागि पठाउन लागिएको बताइएको छ ।

अष्टे«लियाली विदेशमन्त्री जुलि बिसपले सेना पठाउने सम्झौता गरी अन्य कानुनी प्रक्रियासमेत पूरा गरेका छन् ।

विसपकाअनुसार शनिबार र आइतबार बग्दादस्थित इराकी सरकारी नेताहरूसँग भएको वार्ताअनुसार कानुनी रुपरेखा तयार भएको छ ।

संयुक्त अरब इमिरेट्स्स्थित अन्तर्राष्ट्रिय बहुसेना आधार शिविरमा दुईसय जना विशेष सैन्य बल र चारसय जना हवाई सेनालाई खटाइएको थियो ।

हाल इराक जान लागेका दुईसय सैन्यबलले इस्लामिक स्टेट (आइएस) आतङ्ककारी विरुद्धको लडाइको लागि तालिम र सल्लाह दिने बताइएको छ । ती सैनिकहरू इराकमा तैनाथ गर्न अष्टे«लिया सरकारको स्विकृति प्रतिरक्षा रहेको बताइएको छ ।

इराकमा खटिएका अष्टे«लियाली सैनिकहरू हतियार बोकी युद्धस्थलमा भने नजाने तर इराकी सैनिकलाई युद्धकला तालिम परामर्श इत्यादी सवै दिने छन् ।

अष्टे«लियाली एफ–ए १८ सुपर हर्नेट युद्धक जेट विमानहरू अक्टोबरको सुरुदेखि नै आइएस विरुद्धको इराक युद्धका लागि पठाइसकिएको थियो ।

तर सेना पठाउन भने कानुनी प्रक्रिया मिलाउन बाँकी भएको जनाइएको छ । एजेन्सी

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।