काठमाडौँ, ७ भदौ । प्रहरीसँगको मुठभेडमा मारिएका भनिएका धादिङका दिनेश अधिकारी ‘चरी’को १७ दिनमा पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

अधिकारीको अन्त्येष्टिका लागि नेकपा एमाले धादिङका तीन सभासद् तथा नेताहरू आर्यघाट पुगेका थिए । अधिकारीको पार्थिव शरीरमा नेकपा (एमाले) का केन्द्रीय सदस्य खेम लोहनीले पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जलि समेत दिएका थिए ।

उनी विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहँदै आएका थिए । प्रहरी मोष्टवान्टेड सुचिमा पनि उनी रहेका थिए । तर, एमालेको सदस्यता लिएर उनी हिडेकाले एमालेले आफ्नो झण्डा ओढाएको थियो ।

गत २१ गते काठमाडौँको भीमढुङ्गामा प्रहरीसँगको मुठभेडमा चरीको निधन भएको थियो । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।