साउन १८ । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री अन्य भारतीय नेताहरु भन्दा छिमेकी मामिलामा निक्कै उदार देखिएका छन् । विशेष व्यक्तित्वको रुपमा व्यवस्थापिका संसदमा सम्बोधन गर्दै मोदीले सुरुमा नेपाली भाषा नै प्रयोग गरेका छन् ।

सम्बोधनका क्रममा उनले पटक पटक  दुई देशबीचको सम्बन्धदेखि विकास निर्माणसम्मका विषयलाई उठाउँदै काँधमा काँध गरेर नेपालको विकासमा भारत अघि बढ्न तयार रहेको बताएका छन् ।

सम्बोधनकै क्रममा उनले भारतले नेपाललाई १ खर्ब नेपाली रुपैयाँ ऋण सहुलियतको घोषणा समेत गरे ।

म आज यो घोषणा गरेर जान चाहन्छु । भारतले नेपाललाई १ खर्ब नेपाली रुपैयाँ ऋण सहुलियत दिने निर्णय गरेको छ संसद भवनमा उनले भने यो सहयोगको सदुपयोग नेपालको आवश्यकता अनुसार हुन्छ । यो रकम जलविद्युत्, पूर्वाधार निर्माणमा लगाउनुस् ।  भारतले पहिला घोषणा गरेको सहयोग होइन यो । पहिला घोषणा भएका सहयोगसँग जोडिने होइन यो सहयोग ।

सम्बोधनका क्रममा मोदीले नेपाल बुद्धको जन्मभूमी भएको समेत पटक पटक उल्लेख गरेका छन् । यसअघि बुद्ध भारतमा जन्मिएको भनेर भारतीय पक्षले प्रचार गर्दै आएकोमा उनले अब यो विषय नै अन्त्य गरिदिएका हुन् ।

उनले १०० वर्षसम्मका लागि हुने संविधान सोचेर बनाउनेमा समेत आशा व्यक्त गरेका छन् ।

हेर्नुहोस् उनले बोलेका केही अंशहरु

धेरै बर्ष अघि म तिर्थालुको रुपमा म नेपाल आएको थिए । यो भनाई छ की तपाईले एक पटक नेपालको भ्रमण गर्नुभयो भने यो जीवन पर्यन्तमा बदलिन्छ । प्रथमत यस सुन्दर देशको साथीको रुपमा म पेरी फर्केर आएको छु । प्रधानमन्त्रीको हैसियतमा पुनः आउन पाँउदा मैंले भाग्यशाली महसुस गरेको छु ।
यो यस्तो यात्रा थियो जुन म प्रधानमन्त्री कार्यालय प्रवेश गर्ने वित्तिकै गर्न चाहन्थे । किनकी हाम्रो नेपालसँगको सम्बन्ध मेरो सरकारको उच्चतम प्राथमिकता मध्येको हो । निमन्त्रणा गर्नुभएकोमा म सरकार र नेपालका नागरिकलाई धन्यवाद दिन चाहन्छु । मसँगै मैले एक सय २५ करोड भारतीय नागरिकको माया शुभकामना र सद्भावना लिएर आएको छुँ ।
नेपाल र भारबीचको सम्बन्ध

तपाई कल्पना गनु सक्नु हुन्छ कि यो पल मेरो लागि कति गर्वको विषय हो । किन कि तपाईहरुको संसदमा म पहिलो पाहुना हँु जसलाई तपाईले बोलाउनुभएको र सम्बोधन गर्ने अवसर दिनुभएको छ । यो सम्बोधन केवल नरेन्द्र मोदी तथा भारतीय प्रधानमन्त्रीको मात्रै होईन यो सवा अर्ब भारतीय नागरिकको सम्मान हो । म यसको लागि सभामुख र सबै सदस्यलाई ह्र्रदयबाटै आभार व्यक्त गर्न चाहन्छु ।
भारत र नेपालको सम्बन्ध गंगा र हिमालय जत्तिकै पुरानो छ । यसको लागि हाम्रो सम्बन्ध कागजको ढुंगा जस्तो होइन आत्मैदेखिको हो । हामी सास्कृतिक विरासतको धनी छौं । म मूलहत गुजरातको हुँ । यो सोमनाथको भूमी हो । र सोमनाथको भूमिबाट गएर राष्ट्रिय राजनीति सुरुवात काशी विश्वनाथको छत्रछायामा(काशीबाट)सुरु गरे । र, आज पशुपतिको चरणमा आएर उभिएको छु । यो यस्तो विषय हो जहाँ किशोरी जी बाल्यकालमा खेल्नुहुन्थ्यो र आज पनि हामी जनकको स्मरण गछौं ।
यो यस्तो भूमि हो जसले विश्वको अचम्मित गर्ने भगवान बुद्धको जन्म दियो । यो यस्तो सांस्कृतिक विरासतको धनी हो । जब म म काशीको प्रतिनीधि भए नेपालसँग मेरो नाता झन जोडियो किन कि काशीमा एउटा मन्दिर छ जहाँ पुजारी नेपाली हुन्छन् अनि यहाँ पशुपतिनाथ छ यसका पुजारी हिन्दुस्तानका छन् । भारतका हरेक व्यक्ति ५१ शक्तिपिठ दर्शनको कामना गर्छन् र त्यसमध्ये २ वटा शक्तिपिठ नेपालमा छन । यस्तो अटुट नाता छ हाम्रो ।

………………………..

यत्तिमात्रै होईन हिन्दुस्तानले कुनै त्यस्तो लडाई जितेको छैन जहाँ जितको साथ कुनै नेपालीको रगत नबगेको होस् । कुनै नेपालीको साहदत नहोस । भारतको स्वाभिमानको लागि रक्षाका लागि नेपालका बहादुर मर्न र मेट्न कहिल्यै पछाडी हटेको छैन । भारतको लागि मर्ने र जिउने बहादुर नेपालीलाई आज म सम्झना चाहन्छु ।
भारतको पिल्डमार्सल एउटा महत्वपूर्ण कुरा भन्नुहुन्थ्यो ‘कुनै सेनाको जवानले म मृत्यसँग डराउँदैन भनेर भन्छ भने मान्नुस त्यो कि त झुट बोलिरहेको छ कि त उ गोर्खा हो ।’ अर्थात गोर्खालीले म मृत्युदेखि डराउँदैन भन्छ भने त्यो सत्य हो । यो यस्तो वीरको भूमि हो । सास्कृतिक धारा हो । र आज म भन्न सक्छु कि, नेपालको नागरिकको होईन लोकतन्त्रमा विश्वास गर्ने पुरै विश्वको ध्यान नेपालतिर केन्द्रीत भएको छ ।
नेपालतिर केन्द्रीत भएको छ भन्नुको अर्थ, यो सभामा बसेका तपाई सबैतिर ध्यान केन्द्रीत भएको छ । लोकतन्त्रमा पुरै विश्वास गर्ने विश्व आज तपाई तिर हेरिरहेको छ । निकै आशा गरेर हेरिरहेको छ ।
तपाईलाई लागेको हुनुपर्छ संसदमा बसेर संविधान निर्माणको चर्चा गरिरहनुभएको छ । भिन्न भिन्न धाराको चर्चा गरिरहनुभएको छ । संविधान निर्मार्ताको रुपमा तपाईहरुलाई यो सौभाग्य मिलेको छ तर यसलाई अलि फरक तरिकाले हेरौं । कसैले कुनै युगमा ऋषिमुनीले वेद निर्माण गर्‍यो । कसैले उपनिसदको निर्माण गर्‍यो । कुनै युगमा संहिताको निर्माण भयो जसको प्रकाशमा हजारौं बर्षदेखि आफ्नो जीवन निर्वाह र आयोजन गर्दै आएका छौं । त्यही कडीमा आधुनिक जीवनमा राष्ट्रको संविधान पनि एउटा संहिताको रुपमा जन्म हुन्छ ।
नयाँ युगको दिशा र दर्शन दिने काम संविधानले गर्छ जुन कनै जमानामा ऋषिमुनीले बेदद्वारा, पुराणद्वारा संहिताद्वारा गरेका थिए त्यसै प्रकारले तपाईहरुले पनि नयाँ संविधान लेख्नुहुनेछ ।
यो सौभाग्य प्राप्त गर्ने तपाई सबैलाई ह्रदयबाटै अभिनन्दन गर्न र बधाई दिन चाहन्छु । तर संविधान निर्माणको पूर्व सर्त हुन्छ । संविधान निर्माणका लागि ऋषिमुनी हुन जरुरी हुन्छ जुन मन दुरको देख्न सक्छ, त्यो मन समस्याको अन्दाज लगाउन सक्छ, त्यो मन जसले आज पनि उही शब्दमा अंकित गर्न सक्छ जुन एकसय बर्षपछि पनि समाजको सुक्षित राख्न र समाजको विकास अगाडी बढाउन प्रयास गर्छ ।
कति पवित्र, कति उम्दा, कति विशाल, कति विशेष काम तपाईहरुसँग छ । यसको लागि तपाईहरु भाग्यशाली हुनुहुन्छ म तपाईहरुलाई नमन गर्न आएको छुँ तपाईको अभिनन्दन गर्न आएको छुँ । संविधान एउटा किताब हुँदैन । संविधानले हिजो आज र भोलीलाई जोड्छ । म कहिलेकाही सोच्छुँ कि भारतको संविधान जसले हिमालयको समुन्द्रसँग जोड्छ । भारतको संविधान रेगिस्तानको नागाल्याण्डको हराभरा पर्वतमालासँग जोड्छ । सवा सय करोड नागरिकको मनको आशा र आकांक्षाको जोड्छ ।
तपाईहरु जुन संविधानको निर्माण गर्दै हनुहुन्छ त्यो केबल नेपाली नागरिकको लागि मात्रै होईन विश्वको ईतिहासमा एउटा स्वर्णिम पृष्ठ लेख्न गईरहनुभएको छ । तपाईलाई लाग्न सक्छ मोदी जी के भनिरहनुभएको छ ? तर मैले साँचो बताईरहेको छुँ । तपाईहरुको जुन संविधान बनाउन गईरहनुभएको छ त्यो केवल नेपालको लागि मात्रै होईन विश्वका लागि एउटा स्वर्णिम पृष्ठ बन्नेवला छ किन कि इतिहासमा हेरौं भने सम्राट आशोकले युद्धपछि शान्तिको खोजीमा निस्किए ।
युद्ध छोडेर बुद्धको शरणमा गए र एउटा स्वर्णिम पृष्ठ लेखियो । अब यी सबैलाई बधाई दिन चाहन्छु जसले बुलेटको बाटो छोडेर ब्यालेटको बाटो जाने संकल्प गर्‍यो त्यो नेपालको धर्तीमा गर्‍यो । तपाईले शान्ति प्रकृयामार्फत यस्तो संविधान निर्माण गर्नुहुने छ जसले कोटी कोटी जनआकांक्षा र जनआशा पुरा गर्ने छ । तर, यो भन्दा पनि पहिले आज दुनियाँको हर भुभागमा छोटो मोटे यस्तो कुनै गुट पैदा भएको छ जसको हिंसामै विश्वासस छ । शस्त्रकै माध्यमबाट सुख प्राप्त गर्नु उनीहरुको बाटो छ ।
नेपालले संविधान ल्याएर आएपछि विश्वको सामु नेपाल यस्तो देश बन्ने छ जसले दुनियाँको विश्वास दिलाउने छ की शस्त्र छोडेर शास्त्रको साहराले पनि जीवन बदल्न सक्छ । हिंसामा विश्वास गर्नेहरुलाई नेपालको सन्देश जाने छ बम वन्दुक र पिस्तोलको माध्यामबाट भलाई हुँदैन संविधानको सिमामा रहेर लोकतन्त्रको माध्याबाट ईच्छित परिणाम प्राप्त गर्न सकिन्छ । तपाईहरुले यस्तो राम्रोसँग मिलेर काम गरिरहनुभएको छ जसले कुनैबेला सस्त्रमा विश्वस गरेका थिए ।
उनीहरु शस्त्र छोडेर, युद्ध छोडेर बुद्धको मार्गमा जाने बाटो अपनाए त्यसैले तपाईहरु यस्तो माध्यमबाट पवित्र काम गरिरहनुभएको छ जुन संविधानसभाको माध्यामबाट विश्वमा हिंसामा विश्वास राख्नेहरुलाई पुर्नविचार गर्नेलाई बाध्य पार्ने छ । यति तपाईहरुको प्रयोग सफल भयो भने विश्वको हिंसाबाट मुक्तिको एक नयाँ आधार तयार यो बुद्धको भूमिबाट मिल्ने छ ।
मलाई यो संविधानसभामा तपाईहरुको तागत देखिरहेको छुँ । संविधान कसको लागि हो ? भारतले सुरुदेखि नै मान्दै आएको छ कि हाम्रो काम तपाईहरुको काममा हस्तक्षेप गर्ने होईन । भारको काम तपाईले जुन कुरामा संकल्प गर्नुहुन्छ जुन दिशा चुन्नुहुन्छ त्यसमा यति हामी काम लाग्न सक्छौं भने त्यै नै हाम्रो संकल्प हो । तपाईहरुलाई दिशा दिनु नै हाम्रो काम हो । नेपाल एक सार्वभौम राष्ट्र हो । हाम्रो ईच्छा यत्ति छ कि नेपाल यो सार्वभौम राष्ट्र हिमालयबाराबरको उचाई प्राप्त गरोस र विश्व नेपाललाइ देखेर गौरवान्भान्वित होस् ।
तपाईहरुको छिमेकमा बसेर र हाम्रो लोकतन्त्रको अनुभवको आधारमा हामीलाई खुशी लाग्छ कि तपाईहरु त्यतातिर जाँदै हुनुहुन्छ । संविधान सर्वसमावेशक हुनुपर्छ । हरेक नेपाली गरिब होस्, धनी होस्, पढेलेखेको होस्, नपढेको होस्, गाउमा होस शहरमा होस् हिमालमा होस तराईमा होस् जहा पनि होस् हरेक नेपालीलाई आफ्नो लागोस् ।
जनसंविधान जनसामान्यको आकांक्षा पुरा गर्ने होस् । संविधान जोड्छ यसले तोड्दैन । संविधान विवादको संवादको तरिकाले राम्रो माध्याम हो । चाहे तराई होस वा पहाड संविधानले जोड्नुपर्छ । संविधान बर्तमानको बोझले थिचिएको हुनहुँदैन । बर्तमानबाट मुक्ति भएको गरेको हुन्छ जुन आउने भविष्यको गहिराईको देख्न सकोस् । संविधान आउनेवाला पिढीको लागि हुनुपर्छ । संविधानमा हजारौंकुरा ठिक हुन सक्छन् तर एक ‘कमा’ र ‘फुलिष्टप’ पनि यस्तो आयो जो अहिले त थाहा हुँदैन तर पाचास सय बर्षपछि त्यै विष बन्न सक्छ ।
भोटेकोशी घटनाले दुखी बनायो

हिजो जब कोशी (भोटेकोशीको पहिरो)को घटनाको समाचार आयोे । मेरै पुरै चिन्ता यसमा लाग्यो । कति ठूलो घटना भयो ? के भयो ? कति मानिस मरे ?कोशी नदीको पानी रोकियो कति वेपत्ता भए ? तपाईंलाई त्यसको चिन्ताले सताएको थियो । त्यति नै चिन्ताले मलाई पनि सतायो । किन ? त्यो कष्ट तपाईंको थियो । त्यो कष्ट मेरो पनि हो । यो आपत तपाईको हो । यो आपत मेरो पनि हो । भारतको कुनै कुनामा जति छिटो मद्दत पुर्‍याइन्छ । त्यसैगरी मद्दत गर्न मैंले मानिसलाई पठाए । किनकी तपाईं मेरो र हाम्रो हो । तपाई र हामी कहिल्यै पनि अलग हुन सक्दैनौं । त्यसैले तपाईंको विकासको आशा पुरा गर्न भारत प्रतिवद्ध छ ।
विजुली किन्न चाहन्छौं

नेपाल पानीको शक्तिमा यति धेरै धनी जसले विजुलीको माध्यमबाट भारतको अध्यारो हटाउन सक्छ । हामी विजुली सित्तैमा चाहँदैनौं । हामी किन्न चाहन्छौं । हामी तपाईंको पानी पनि चाहँदैनौं । पानीको बारेमा एउटा कथन पनि छ । मलाई थाहा छैन । यो कथनलाई यहाँ कसरी हेरिन्छ । ‘पानी और जवानी कभी पहाडको काम नहीं आते’ (पानी र जवानी कहिल्यै पहाडको काम आउँदैन ।) पानी कहिल्यै पहाडमा बस्दैन बगेर जान्छ । जवानी पनि पनि पहाडमा काम आउँदैन । पहाडमा उमेर बढ्यो त मौकाको खोजिमा उमेर पुगेका मानिस रोजी रोटीका लागि अन्यत्रै जानु पर्छ । त्यो युवा पहाडमा रहँदैन ।
तर कुनै युगमा यो भनाई आएको होला । हामीले यसलाई परिवर्तन गर्नुपर्छ । यो पानी कसरी पहाडको काममा आउँछ । र त्यो जवानीले पहाडलाई कसरी रौनक दिन्छ । नयाँ नयाँ दिशामा यसलाई बदल्नु पर्छ । विकास नै त्यसको सही बाटो हो ।
भारत र नेपालमा यूवाको संख्या धेरै छ । यहाँ रहेका युवालाई अवसर दिने हो भने नेपाल भोली होइन आजै परिवर्तन हुन्छ । आजै बन्छ । त्यो अवसर कसरी मिल्छ भने हामीले प्राकृतिक श्रोत र साधनको सही सदुपयोग गर्न सके । विकासको एउटा दिशा तय गरेनौं भने कसरी हुन्छ ? भारत विकासका लागि तपाईंसँग काँधमा काँध मिलाएर अघि बढ्न चाहन्छ । त्यसको निर्णय तपाईंले गर्नुस, आफ्नो नेतृत्वको परिचय दिनुस । भारत एक्लैलाई विजुलीे बेचेर पनि नेपालले समृद्धी देशको सूचीमा आफ्नो नाम राख्न सक्छ । तपाईंसँग यस्तो शक्ति छ । हामी यसको साथ तपाईंको विकास यात्रामा सहभागी हुन चाहन्छौं ।

शिक्षा क्षेत्रमा नेपालका युवा अध्ययनका लागि भारत आउँछन् । भारत सरकारले उनीहरुलाई छात्रवृत्ति दिने गरेको छ । म छात्रवृत्ति पाउने यूवाको संख्या बढाउन चाहन्छु । धेरै भन्दा धेरै यूवाले यो अवसर पाउन । यो घोषणम मैंले आजै गरे । यसबाट धेरैधन्दा धेरै फाइदा उठाउनुस् ।
रामायणमा लक्ष्मण मुर्छित भएपछि जडिबुटी लिन हनुमान यहाँ आएका थिए । अहिले विश्वमा जडिबुटी उपचारको चर्चा छ । हिमालयको गर्भमा जडिबुटी छ । यो जडिबुटीलाई हामीले बढावा दियौं भने नेपाल विश्वकै ठुलो जडिबुटी निर्यातकर्ता हुन सक्छ । के छैन तपाईंहरुसँग । म तपाईंहरुसँग काँधमा काँध मिलाएर काम गर्न चाहन्छु । भारत सकेको मद्दत गर्न चाहन्छ ।
पर्यटन अर्को क्षेत्र हो । सवा सय करोड देशबासी तपाईंको छिमेकमा छन् । जो कुनै न कुनै दिन पशुपतिनाथमा आएर शीर झुकाउन चाहन्छन् । भगवान गौतम वुद्धको नजिक आएर शान्तिको सन्देश लिन चाहन्छन् ।
नेपालको पर्यटन यस्तो रुपमा विकास होस । ताकि भारतबाट धेरै भन्दा धेरै पर्यटक आउन् । पर्यटन यस्तो क्षेत्र हो । जो कम लगानीमा धेरै भन्दा धेरै रोजगार दिने क्षेत्र हो । पर्यटक आएपछि त चना बेच्नेले कमाउँछन् । बदाम बेच्नेले पनि कमाउँछन । टेम्पो ड्राईभर, ट्याक्सी ड्राईभरले पनि कमाउँछन् । चिया बेच्नेले पनि कमाउँछन् । जब चिया बेच्नेको कुरा आउँछ त मलाई धेरै आनन्द आउँछ ।
मैंले भन्न खोजेको यो हो कि पर्यटन विकासको धेरै क्षेत्र छ । साहसिक पर्यटनका लागि हिमालय भन्दा अर्को कुन क्षेत्र हुन्छ । नेपाल बाहेक अर्को कुन यस्तो क्षेत्र छ र ? आउनुस अघि आउनुस । पूरा विश्वका साहसिक यात्रामा जान चाहने यूवालाई यहाँ ल्याउन सक्नुहुन्छ । त्यसका लागि अघि बढ्नुस । कति ठूलो अवसर छ । हामीले संविधान पनि बनाउनु छ । नेपालाई नयाँ उचाईमा पनि लैजानु छु । त्यसका लागि एक छिमेकीको धर्म निभाउन हामी तयार छौं ।

………………………..


मेरो मनमा आयो । नेपालाई हिट गरौं । मैंले यसो भन्यो भने तपाईंलाई रिस उठ्ला । को हो यो नेपालाई हिट गर्ने ? तर म हिट गर्ने कुरा गर्छु भने । मेरो मनमा तीनवटा कुरा आउँछन् । एच आइ टी हिट । एक हाइवेज । दोश्रो
आइवेज र तेश्रो ट्रान्सवेज ।
नेपाललाई भारतले छिटो भन्दा छिटो यी उपहार दिन चाहेको छ । हाइवेज (राजमार्ग) । आइवेज, इन्फरमेशन बेस । पुरा विश्वमा नेपाल पछि पर्नु भएन । नेपाल डिजिटल बन्नु पर्‍यो । नेपाल विश्वको साथ जोडिनु पर्‍यो । आइवेजसँग सँगै ट्रान्सवेज अर्थात ट्रान्समिटर चाहियो । अहिले हामीले नेपाललाई जति बिजुली दिएका छौं । मलाई यो बिजुली दोब्बर पार्न मन लागेको छ । त्यसका लागि हामीले छिटो भन्दा छिटो प्रसारण लाइन बनाउनु पर्‍यो । अहिले हामीले नेपालको अध्यारो हटाउँछौं । १० वर्षपछि नेपालले हाम्रो अध्यारो हटाउँछ । त्यसैले म एच आइ टी हिट गर्न चाहन्छु । एच हाइवेज । आइ आइवेज र टीे ट्रान्सवेज । तपाईंले पनि यो हिट चाँडै होस भन्ने चाहि रहनु भएको छ ।
महाकाली नदीमा पुल बन्यो भने तपाईं र हामीबीचको दुरी नजिक हुन्छ । अर्को कुरा सिमा । हाम्रो सिमा अब पुलमा परिणत हुनुहुन्छ । यस विषयमा मैंले आज प्रधानमन्त्री जीसँग कुरा पनि गरेको छु ।
भारतबाट अमेरिका फोन गर्न सस्तो छ । तर नेपालमा फोन गर्न महँगो छ । त्यसैले भारतमा रहेका नेपाली यहाँ आफन्तलाई फोन गर्छन र नमस्ते मात्र गरेर फोन राख्छन् । म यो अवस्था परिवर्तन गर्न चाहन्छु । तपाई यहाँको सेवा प्रदायकलाई भन्नुस म भारतका सेवा प्रदायकलाई भन्छु । कम खर्चमा धेरै कुराकानी भएपछि त नाता जोडिन्छ । सम्बन्ध बढ्छ ।
सार्क भूउपग्रहबाट फाइदा लिऔं

सार्क देश मिलेर गरिवी विरुद्ध लड्नु पर्छ । सार्कका सबै देशले यसमा मिलेर गर्नुपर्छ । छिमेकीको विकास यात्रामा सहयोग गर्नु भारतको जिम्मेवारी हो । स्पेश प्रविधिको फाइदा सार्क देशले लिनु पर्छ । त्यसैले म घोषणा गर्छु कि भारतका तर्फबाट सार्क भुउपग्रह लञ्च गरिने छ । यो भुउपग्रहबाट स्वास्थ्य, शिक्षाको क्षेत्रमा सार्क देशले फाइदा लिन सकुन् । नेपालले फाइदा लिन सकोस । त्यसमा हामीले कदम अघि बढाउनु पर्छ ।
नेपाल र भारत नजिक छन् । दुरी टाढा छैन । तर भारतबाट यहाँ आउन प्रधानमन्त्रीलाई १७ वर्ष लाग्यो । अब त्यस्तो हुँदैन । म केही महिना भित्रै फेरि आउने छु । सार्क सम्मेलनका बेला । त्यति बेला आउँदा म जनकपुर र लुम्बिनी जाने छु ।
पञ्चेश्वर परियोजना धेरै पहिला तय भएको थियो । धेरै पैसा खर्च गर्नु पर्ने यो परियोजनाका लागि अघि बढाउन दुवै देशले प्राधिकरण बनाएका छन् । म चाहन्छु यो परियोजना छिट्टै सुरु होस् । यो परियोजना सफल भएपछि नेपाललाई कति धेरै फाइदा हुन्छ । नेपालमा अहिले जति विजुली छ यो परियोजना सफल भएपछि अहिलेको ५ गुणा बढी विजुली उत्पादन हुन्छ । यो सानो कुरा होइन । यो सफल भएपछि विकासले नयाँ उचाई लिन्छ । यसमा काम गर्न तयार छ । तपाईहरु पनि तयार हुनुस् ।
नेपाल र भारतमा जमिन धेरै छ । तर जमिनको स्वास्थ्यको प्रमाण पत्र नेपाल र भारतका किसानले पाएका छैनन । किसानलाई जमिनको प्रमाण पत्र दिइयोस । म कृषिलाई वैज्ञानिकरण गर्न चाहन्छु ।

१० खर्ब सहुलियत ऋण

म आज यो घोषणा गरेर जान चाहन्छु । भारतले नेपाललाई १ खर्ब नेपाली रुपैयाँ ऋण सहुलियत दिने निर्णय गरेको छ । यो सहयोगको सदुपयोग नेपालको आवश्यकता अनुसार हुन्छ । यो रकम जलविद्युत्, पूर्वाधार निर्माणमा लगाउनुस् । भारतले पहिला घोषणा गरेको सहयोग होइन यो । पहिला घोषणा भएका सहयोगसँग जोडिने होइन यो सहयोग ।
तपाईंले मलाई स्वागत गर्नुभयो सम्मान गर्नुभयो त्यसका लागि म आभारी छु । म फेरि एक पटक तपाईंलाई विश्वास दिलाउँछु विश्वको नजर तपाईंमाथि छ । किनकी शस्त्रबाट शास्त्रको मार्गमा तपाईहरु लाग्नु भएको छ । हतियार बोकेको समूहलाई संविधानको माध्यमबाट शान्तिमा ल्याउने काम नेपालको सफलतासँग जोडिएको छ । तपाईहरु सफल हुनु भएको छ । यसले विश्वमा हतियार छोड्ने प्रेरणा मिल्ने छ । नयाँ संविधानमार्फत लोकतन्त्रको रक्षा होस । त्यसमा तपाईंहरुलाई सफलता मिलोस । नेपाल भारत मैत्री अमर रहोस । सार्वभौम राष्ट्र नेपाल हिमालयभन्दा पनि माथि उठोस । तपाईहरुलाई धेरै धेरै धन्यवाद ।

………………………..


Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।