वैशाख ०८ । एमाले बरिष्ठ नेता माधव कुमार नेपालले केही दिन यतादेखि लगातार रुपमा अर्का नेता केपी शर्मा ओलीमाथि निशाना बनाएर प्रहार गरिरहेका छन् ।

कहिले केपीलाई अन्तै व्यवस्थापन गर्नुपर्ने त रहर गरेर अध्यक्ष नपाइने यस्तै यस्तै उनीप्रति कडा अभिव्यक्ति दिँदै आएको नेपालले आइतबार भने कसैले रहर गर्दैमा पार्टी अध्यक्ष हुन नसक्ने भन्दै ओलीलाई अध्यक्ष पद नदिने सांकेत सार्वजनिक गरे ।

राजधानीमा आयोजित एक कार्यक्रममा उनले बको महाधिवेशनबाट पार्टीमा युवा पंक्तिलाई अघि बढाउने जानकारी दिँदै टेस्ट परीक्षामा फेल भएकालाई नल्याउने बताए । ‘पार्टीबाट सत्तामा जानेहरु टेस्ट फेल भएका छन्,’ उनले भने, ‘त्यस्ता टेस्ट परीक्षामा फेल भएकालाई ल्याइँदैन । सिद्धान्तसँग जुध्नलाई ल्याइन्छ  ।’


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।