वैशाख ६ । संयुक्त राज्य अमेरिकाको वासिङटन राज्य सिटायलमा सवारी दुर्घटनामा परी एक नेपाली विद्यार्थीको निधन भएको छ ।

कलेज जानेक्रममा सडक पार गर्दा नुवाकोट जन्म घर भएकी १७ बर्षीया सन्ध्या खड्काको कारको ठक्करबाट घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरीलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

गत सोमबार बिहान कलेजका लागि बस चढन सडक पार गर्दै गर्दा उनलाई हरियो रंगको फोर्ड रेन्जर कारले ठक्कर दिएको थियो ।

उनी गत बर्ष मात्र एसएलसी पास गरेर अमेरिका पुगेकी थिईन् । उनका पिता सहदेव खड्का केहि बर्षदेखि अमेरिकामा बस्दै आएका छन भने आमा नेपालमै रहेको बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।