काठमाडौं २२ फागुन । प्रधानमन्त्री चयन लगत्तै एक दिन र एमाले माअाेवादीबीच सात बुँदे सहमतिपछि एक दिन हरियो बनेको बजार त्यसपछि लगातार ओरालो लाग्दै आएकोमा मंगलबार भने सुधार भएको छ । मंगलबार नेप्से ८.७० अंकले बढेर बन्द भएको छ । कारोबार समेत केही सकरात्मक बनेको छ । मंगलबार ४७ करोडको कारोबार भएको छ ।
गत ३ फागुनमा प्रधानन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री चयनपछि दोस्रो कार्यदिनमा खुलेको बजार हरियो बनेको थियो । त्यसपछि एमाले माओवादीबिच ७ गते सहमति जुटेपछि एक दिन बजार सकरात्मक बनेपछि अन्य सबै कारोबारका दिन ओरालो लाग्दै आएको थियो ।
मंगलबार सुरुवाती समयमा भने बजार रातो भएको थियो । शेयरको भाउ धेरै सस्तोमा आएकाले किन्नेहरुको चाप बढेकाले बढेकाले बजार सकरात्मक देखिन थालेको छ ।
Comments

