काठमाडौं १४ चैत । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई उपस्थित हुन पत्र काट्दै उपस्थित नभए कारबाही गर्ने चेतावनी दिएको छ ।
ओली र प्रचण्डका नाममा ‘जनअदालत’ मा मुद्दा परेको भन्दै त्यसका बारेमा छलफल गर्नका लागि १५ दिनभित्र हाजिर हुन नेकपाले वारेन्ट जारी गरेको हो ।
पार्टीको रोल्पामा रहेको ‘जनअदालत’ का प्रकाशको नामबाट जारी गरि पूर्जीमा १५ दिनभित्र केन्द्रीय जनअदालत रोल्पामा उपस्थित हुन उर्दी जारी गरिएको छ ।
यसअघि प्रहरी प्रशासनले विप्वलको नाममा पत्र काटेको थियो । त्यसको बदलामा विप्लवले पत्र काटेको अनुमान गरिएको छ ।

Comments

