काठमाडौं २० चैत । निक्कै आक्रमक रुपमा बजार र प्रचार एकैसाथ विस्तार गरेको एनआईसी एसिया बैंक सम्भावना भन्दा पनि अब जोखिमको मुखतिर दिनदिनै धकेलिन थालेको छ ।
आफ्ना कमजोर पक्ष बाहिर आउन साथ मिडिया क्याप्चर गरेर लुकाउँदै अाएकाे एनआईसी एसियामा सुशासन, नीति/योजना, सञ्चालक समितिमै एक रुपता नहुनु, सुस्त र झन्झटिलो सेवा प्रणाली र आफ्नै अहमताको कारण जोखिम नजिक पुगेको हो । बैंकका कारण एनआईसी एसियामा खाता रहेका देशभरीका १० लाख ग्राहकले जम्मा गर्ने निपेक्षको भविष्यमाथि समेत प्रश्न उठ्न थालेको छ ।
कुनै बेला नेपालकै नम्बर एक बन्ने गरी बजार विस्तार गरेको किस्ट बैंक अहिले नाम निशाना समेत छैन । किष्ट बैंक अहिले प्रभु बैंकमा गाभिएर अस्तित्व बिहिन अवस्थामा छ । कतिपयले एनआईसी बैंकलाई पनि सोही दर्जामा राखेर समेत हेर्न थालेका छन् । एनआइसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले केही दिन अघि मात्र पदबाट राजीनामा दिएका छन् । कार्यकाल पूरा नहुँदै राजीनामा दिनुमा सञ्चालक समितिमा काम गर्न सहज नहुनु एक कारण रहेको स्रोत बताउँछ । त्यति मात्र नभएर एनआईसी एसियाले अहिले ब्याजदरमा अस्वस्थ रुपमा नाङ्गो प्रतिस्पर्धाका कारण पनि रिसालले राजीनामा दिएका हुन् । रिसालको राजीनामासँगै अब उनले आक्रमक रुपमा विस्तार गरेको संरचना सम्हाल्न नसकेकै अवस्थामा समेत बैंक क्राइसिसको बाटोउन्मुख बढ्ने देखिएको छ ।
ब्याजदर सन्तुलन बिगार्नेमा एनआईसी एसिया पहिलो नम्बरमा देखिदैं आएको छ । केही समय अगाडी मात्र बैंकर्स संघले एनआइसी एसियालाई एक्ल्याएका थिए । बैंकले एक महिनामा तीन पटकसम्म ब्याजदर परिवर्तन गर्ने गरेको छ । पब्लिकलाई देखाउन उसले यस्तो नीति लिएपनि दिर्घकालिन रुपमा बैंककै विश्वासमा यसले असर गरिरहेको र अर्थतन्त्रमा पनि यसले खतरा ल्याईदिएको अर्थशास्त्रीहरु ठम्याउँछन् । बैंक सञ्चालकमा दुई व्यापारिक घरानाको विवाद चुलिदैं गएको छ । यसले बैंकको भविष्यमा खतरा थपिदैं गएको बैंकका एक कर्मचारी बताउँछन् ।
एनआइसी बैंककमा खाता खोलेको एक महिनामा मात्र चेक बुक पाएको एक ग्राहकले हेलोखबर डटकमलाई गुनासो गरे । अन्य बैंकले खाता खोलेको सोही दिन वा भोलि पल्ट चेक बुक दिने गरेका छन् । एनआईसी एसियाको कुनै पनि काम गर्न ढिलाई हुने गरेको ग्राहकहरुको गुनासो रहँदै आएको छ ।
बैंकको सिआस्वा समेत महिना दिनमा हुने गरेको छ । तर नम्बर नाम थर गलत हालिदिएर एनआईसी एसियाले ग्राहकबाट थप रकम लिइरहेको छ ।
बैंकले स्वीफ्ट ह्याकिङ घटना अझै पनि लुकाएर राखिरहेको छ । बैंककै कर्मचारीको कमजोरीले बैंकले करोडौं रुपैयाँ घुमाएको थियो । कति फिर्ता भयो भन्नेबारे बैंकले लुकाउँदै आएको छ । आफ्नो कमजोरी ढाँकछोप गर्न बैंकले सुचना लुकाउँदै आएको हो ।
यसरी बैंक पनि साथी पनि नारा दिएको एनआईसी एसिया बैंक भित्रभित्रै दिनदिनै कमजोर बन्दै गएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।