जेठ ३ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच एकतापछि बन्ने नयाँ पार्टीको नौं सदस्यीय हाई कमाण्ड बनेको छ । हाई कमाण्डले पार्टी सञ्चालनमा निर्णायक भूमिका निर्वाह गर्ने बताइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले हाइकमाण्ड गठन गरेको हो ।
जसमा केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, बामदेव गौतम, रामबहादुर थापा, इश्वर पोखरेल र विष्णु पौडेल रहेका छन् ।
Comments

