काठमाडौं १० भदौं । चौथो बिमस्टेक सम्मेलनमका क्रममा १३, १४ र १५ गते तीन दिन उपत्यकामा सम्पुर्ण निजी र भाडाका सवारी साधन जोर बिजोर प्रणालीमा सञ्चालन हुने भएका छन् ।

उपत्यकामा तीन दिन नम्बर प्लेटको अन्तिम अंकको अधारमा जोर बिजोरका आधारमा जोड दिन जोड नम्बर र बिजोड नम्बरको दिन बिजोड नम्बरका सवारी साधन मात्र चलाउन पाइने भएको हो ।

ट्राफिक प्रहरी महाशाखाले अनुसार १३ र १५ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक (१,३,५,७,९) भएका सवारी साधनहरू संचालन गर्न पाइने जनाएको छ ।

१४ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक (०,२,४,६,८) भएका सवारी साधनहरू संचालन गर्न पाइने प्रहरीले जनाएको छ ।

विभिन्न राष्ट्र प्रमुख नेपालमा सम्मेलनमा भाग लिन आउने भएकाले यस्तो नियम लागू गरिएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।