हेटौंडा । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गुठीसम्बन्धी विधयेक पास हुन नदिने बताएका छन् । शुक्रबार हेटौँडामा आयोजित नेपाल सांस्कृतिक सङ्घको जिल्ला सभापति एवं विधागत सङ्घका सभापतिको राष्ट्रिय प्रशिक्षण भेलामा पूर्वप्रधानमन्त्री देउवाले देशमा सांस्कृतिक पक्षलाई जोड दिएर अलग्गै पहिचानसहितको एकीकरण गर्नुपर्ने बताए ।

उनले संस्कृति र सभ्यतामा प्रहार नगर्न अनुरोध गरे । जनताको अधिकार र स्वतन्त्रता कुनै पनि हालतमा खोस्न नदिने उनको भनाइ थियो । सभापति देउवाले आगामी दिनमा काङ्ग्रेसलाई पूर्णरुपमा बहुमत दिलाउन जुझारु भएर अघि बढ्ने बताए । कार्यक्रममा काङ्ग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीभित्र गुट उपगुट मौलाएको बताए । “गुट उपगुट बन्द गर्नुपर्छ”, उनले भने । विचार, सिद्धान्त र इतिहासमा सशक्त भूमिका खेलेको आफ्नो पार्टी आन्तरिक विवादकै कारण निर्वाचनमा हारेको उनको धारणा थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।