प्रधानमन्त्री पदका लागि सोमबार हुने निर्वाचनमा एमालेले समर्थन गरेसँगै कोइराला बहुतीय प्रणालीमार्फत सर्वसम्मत प्रधानमन्त्री बन्ने देखिएको छ ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेल प्रस्तावक तथा केपी शर्मा ओलीको समर्थनमा कोइराला आफैँले संविधानसभा भवनमा उम्मेदवारी दर्ता गराएका हुन् ।
सुरुमा एमालेले कांग्रेस नेतृत्व मान्न तयार नरहने पनि ७ बुँदे सहमतिपछि कांग्रेस सभापति कोइरालालाई समर्थन गर्ने एमालेले निर्णय गरेको हो ।
जुन ७ बुँदा यस्ता छन्ः
१) एक वर्षभित्र नयाँ संविधान जारी गर्ने।
२) अघिल्लो संविधानसभाले गरेका कामहरुको स्वामित्व ग्रहण गर्ने।
३) संविधानसभाले राष्ट्रपति र उपराष्ट्रपतिको अनुमोदन गर्ने। त्यसका लागि संविधान संशोधन प्रस्ताव सरकारले ल्याउने।
४) एमालेले कांग्रेसको नेतृत्वमा सुशील कोइरालाको सरकारलाई समर्थन गर्ने।
५) एक वर्षभित्र संविधान जारी भएपछि राष्ट्रपति, उपराष्ट्रपति र सभामुखसहितका पदाधिकारीहरुको निर्वाचन गर्ने।
६) सरकार निर्माणका लागि कांग्रेसले सात दिनभित्र नीति तथा कार्यक्रमको खाका तयार गर्ने।
७) संविधान सभा अध्यक्ष एमालेलाई दिने।