
महानगरीय प्रहरी परिसर भक्तपुरले शनिवार राति विशेष सुराकीका आधारमा तीन महिलाको भित्री अंग गुप्तांगबाट ५४ तोला सुनसहित उनीहरुलाई पक्राउ गरेपछि यस्तो तथ्य खुलासा भएको हो ।
अरनिको राजमार्गअन्तर्गत भक्तपुर चित्तपोल ५ बाट शनिवार राति उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । रातको समयमा भाडाका गाडी प्रयोग गरी तस्करले महिलालाई माध्यम बनाएर संवेदनशील अंगमा लुकाई सुन तस्करी थालेको प्रहरीले जनाएको छ ।
अरनिको राजमार्ग सडकखण्ड अन्तर्गत भक्तपुरमा तातोपानीबाट आइरहेको गाडीमा सवार यात्रुहरुलाई चेकजाँच गर्ने क्रममा ५४ तोला ६५ लाल अर्थात ६ सय ६७ ग्राम अबैध सुन बरामद भएको खबर राजधानीमा छापिएको छ ।
Comments