काठमाडौं ५वैशाख । पैसा छरेर भागेका भागेका दुई महिला मध्ये एक जनामा कोरोनाको र्यापिट टेस्ट रिपोर्ट पोजेटिभ देखिएको छ । पहिलोपोष्ट डटकमका अनुसार उनीहरुले पैसा छरेर भागेका थिए । प्रहरीले पक्राउ गरेपछि जाँच गर्दा एक महिलामा कोरोना पोजेटिभ देखिएको हो । उनीहरु नातामा भाउजु र नन्द हुन् ।
दुबै जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिने भएको छ । पक्राउपछि दुबै महिलालाई परीक्षणका लागि जनकपुर अस्पताल लगिएको थियो ।
शुक्रबार जनकपुरधामको महावीर चोकस्थित पेठीया बजार जाने सडकमा १० को केही नोट फालेर भागेको स्थानीयको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले ती दुई जनालाई शनिबार दिउँसो पक्राउ गरेको थियो ।
प्रहरीले सिसिटिभी फुटेजका आधारमा अनुसन्धान शुरु गरेको थियो । सिसिटिभी फुटेजमा मुख छोपेका दुई जना महिला देखिएपछि प्रहरीले तिनको खोजी तीव्र पारेको थियो ।

