काठमाडौं २२ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस नफैलियोस् भनेर प्रयोग हुने किटनाशक झोलहरुको स्प्रेबाट हाम्रो आँखा नाक कान र श्वासप्रश्वासमा समेत खतरा हुने औंल्याएको छ ।

मन्त्रालयका प्रवक्ता विकास देवकोटाले सोमबार पत्रकार सम्मेलनमा यसरी छरिने स्प्रे सोडियम हाइपो क्लोराइड र घरेलु ब्लिज क्लोरिनको झोल भएको जनाउँदै शरिर भित्र कोरोना भाइरस प्रवेश गरिसकेपछि अल्कोहल तथा क्लोरिनहरु झर्कदा भाइरस नास नहुने तथा नमर्ने बताए ।

उनले मानिसमा यस्ता किटनाशक पदार्थहरु छकर्नु हानिकारक रहेको बताए । ‘यस्ता झोलहरुले हाम्रा आँखा, नाक मुखहरुमा हानि पुर्याउँछ’ उनले भने, ‘यस्ता डिस्इन्फेक्टेन्ट सही तरिकाले प्रयोग नगर्दा श्वासप्रश्वासमा समस्या आउने पनि अध्ययनहरुले देखाएको छ ।’

उनका अनुसार तोकिएको मापदण्ड पूरा गरेर सही तरिकाले सही मात्रामा यस्ता डिस्इन्फेक्टेन्टहरु प्रयोग गर्दा भूमि तथा सतहमा भने निसंक्रमण गर्न मद्दत गर्नेछ ।
उनले भाइरसबाट बच्ने सबैभन्दा महत्वपूर्ण उपाय २० सेकेण्ड मिचिमिच हात धुनु तथा सामाजिक दुरी कायम गर्नु रहेको समेत बताए । भिडियो तल हेर्नहोस्

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।