काठमाडौं ३१ वैशाख । नेपालमा पछिल्ला दिन कोरोना परीक्षणको दायरा बढाएसँगै कोरोना संक्रमितको संख्या पनि ह्वात्तै बढेर गएको छ । यसको उदाहरण पछिल्ला केही दिनको कोरोना संक्रमितको रिपोर्टले पनि देखाउँछ ।
यसैक्रममा वैशाख ३० गते मंगलबार मात्र ८३ जनामा कोरोना संक्रमणको पुष्टि भयो । त्यसमा एक जना पूर्व गृहमन्त्री भिम रावलका सुरक्षामा खटिएका सशस्त्र प्रहरी रहेको खुलेको छ । तर उनी महिना दिनदेखि बिदामा रहेको पाइएको छ । त्यस्तै एक जना नर्सका साथै काठमाडौंमा बस्ने ३३ वर्षिया एक महिलामा पनि कोरोना संक्रमणको पुष्टि भएको छ ।
कर्मचारी परिवारकी रहेकी ३३ वर्षीया कोरोना संक्रमित महिला चन्द्रागिरि नगरपालिकाको मच्छेगाउँको भएको खुलेको छ । उनी कन्चनपुरको महेन्द्रनगरबाट २९ गते काठमाडौं आएकी थिइन् ।
काठमाडौं आएलगत्तै उनको स्वाब परीक्षणका लागि नमूना संकलन गरेर जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो । जसमा कोरोना पोजेटिभ पाइएको थियो ।