काठमाडौं १ जेठ । त्रिवि शिक्षण अस्पताल सर्जनी गराउन तयारी गरिएकी एक ६ वर्षिया बालिकामा कोरोना पुष्टि भएको छ ।

स्वासनलीमा मासु पलाएका कारण सर्जनी गर्न अस्पताल भर्ना भएकी ती बालिकामा कोरोना पुष्टि भएको हो । उनमा शल्यक्रिया गर्नु अगाडि सतर्कताका लागि पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ रहेको पाइएको छ । अस्पताल स्रोतका अनुसार उनी न्यूरो सर्जरी वार्डमा भर्ना भएकी छिन् ।

उनलाई ईएनटी (नाक कान घाँटी) विभाग को ओपीडीमा जाँच गरिएपछि शल्यक्रियाका लागि भर्ना गरिएको थियो । अहिले उनको कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरिएको छ भने अस्पतालमा सिल गर्ने वा के कसरी अघि बढ्ने भनेर तयारी सुरु गरिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।