सुनकाे भाउ आज(बुधवार) पुण; बढेको छ । बुधबार छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाला सुनको मूल्य तोलामा ९० हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।

तेजाबी सुनको मूल्य तोलामा पाँच सय पाँच रुपैयाँले बढेर ९० हजार छ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुनको मूल्य तोलामा ९० हजार एक सय ६० रुपैयाँमा कारोबार भएको थियाे ।

यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्लो समय विश्व बजारमा सुनको मूल्य आकाशिने क्रम रोकिएको छैन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।