कात्तिक २६ । भोट हाल्न अब फोटोसहितको मतदाता परिचय पत्र आवश्यक नपर्ने भएको छ ।
निर्वाचन आयोग संविधानसभा निर्वाचनमा मतदाताका लागि फोटोसहितको मतदाता परिचयपत्र अनिवार्य नगर्नेमा पुगेको छ ।
सबै मतदान केन्द्रमा मतदाता परिचयपत्र पुर्याउन असम्भव भएपछि आयोगले सोमबार नागरिकता, लाइसेन्स वा अन्य सरकारी फोटोयुक्त कागजातबाट पनि मतदान गर्न सकिने व्यवस्था गर्ने निर्णय गरेको छ ।
मतदानका लागि फोटोसहितको मतदाता नामावलीमा नाम भने अनिवार्य हुनुपर्छ जुन मतदान अधिकृतले रूजु गरेर मात्र भोट हाल्न दिने नागरिकमा खबर छ ।
प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले देशभर परिचयपत्र पठाउने काम भइरहेको जनाउँदै कार्ड उपलब्ध नभए परिचय खुलेको सरकारी परिचयपत्रका आधारमा मतदान गर्न दिने निर्णय भएको जानकारी दिए।
Comments