कात्तिक २३ । नेपालस्थित कुटनीतिक नियोगका अधिकारीहरुले एमाओवादीले निर्वाचन हार्ने डरले परिचयपत्र कब्जा गर्न सक्ने आशंका गरेका छन् ।
ती पदाधिकारीहरुले माओवादीले चुनाव जित्न जे पनि गर्न सक्ने र त्यसमध्ये परिचयपत्र कब्जा गर्न सक्ने पनि सुचना पाएको समेत जनाएका छन् ।
उनीहरुले निर्वाचनमा सहभागी दलका रणनीति र सूचना संकलन तथा विश्लेषण गर्नेक्रम एमाओवादीले हार्ने क्षेत्रमा जसरी पनि जित्न परिचयपत्र कब्जामा लिने रणनीति अपनाएको सूचना प्राप्त भएको बताएको खबर अन्नपूर्णपोष्टमा खबर छ ।
खासगरी पछिल्लो चरणमा एमाओवादीले आफ्नो पक्षमा मत नआउने क्षेत्रमा मतदाता परिचय पत्र कब्जा गर्न कार्यकर्तालाई निर्देशन दिएको सूचना कूटनीतिक क्षेत्रलाई प्राप्त भएको जनाइएको हो ।
अन्य दलहरुले सामान्य अवस्था तथा यसअघिको रणनीतिलाई नै अघि बढाएको पाइएको छ। तर एमाओवादीले भने नतिजा आफ्नो पक्षमा पार्न सबै उपाय अपनाउन कार्यकर्तालाई दिएको निर्देशनले उक्त शंका गर्ने आधार बनेको हो ।





it is obvious that maoist can do anything for money,power,