काठमाडौं । निरन्तर बढेर उचाईमा पुगेको सुनको भाउ दुई दिन ओरोलो लागेकोमा आज भने पुनः उकालो चढेको छ ।
नेपाली बजारमा सुनको भाउ बुधबार सुन प्रति तोलामा ६ हजार २०० रुपैयाँले घटेकोमा बिहीबार प्रति तोलामा २ हजार ४०० रुपैयाँले बढेको छ ।
बुधबार प्रति तोला ९५ हजार ५०० सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार प्रति तोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार तेजाबी सुनको मूल्य तोलाको ९७ हजार ३ सय रुपैयाँ रहेको छ ।
बिहीबार चाँदीको भाउ पनि बढेको छ । बिहीबार चाँदी प्रति तोलामा ८५ रुपैयाँ बढेर १ हजार २९५ रुपौयाँमा कारोबार भैरहेको छ । तर बुधबार चाँदी प्रतितोला १ हजार २१० रुपैयामा कारोबार भएको थियो ।
Comments

