उदयपुर । काठमाडौंमा मृत्यु भएका एक शिक्षकमा कोरोना पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएका ५२ वर्षीय उदयपुरको त्रियुगा नगरपलिका–४ का एक शिक्षकमा कोरोना पुष्टि भएको हो ।
ती शिक्षकलाई उदयुरमा हुँदा कोरोना संक्रमण भएको वा काठमाडौंमा भन्ने खुल्न सकेको छैन ।
उनलाई निमोनियाको आशंकामा गत मंगलबार राति ११ बजे शिक्षण अस्पतालमा पुर्याइएलगत्तै चिकित्सकले मृत घोषित गरेका थिए ।
Comments

