काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बिरामीहरु अस्पतालको गेटबाट फर्कन नपर्ने गरी काम गर्न निर्देशन दिएका छन् । मन्त्री ढकालले नागरिकको उपचारमा कुनै पनि कसर बाँकी नराख्न बिभिन्न अस्पतालका निर्देशकहरूलाई निर्देशन दिएका हुन् ।
देशभरका ठूला अस्पतालका निर्देशकहरूसँग मन्त्री ढकालले भर्चुअल माध्यमबाट छलफल गर्दै उनले सरकारले स्वास्थ्य सामग्रीको अभाव हुन नदिन र चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल उकास्न कुनै कसर नराख्ने जनाए । चाडबाडको बेला हुने भीडभाडले कोरोना संक्रमणको जोखिम अझै बढ्ने सम्भावना औल्याउँदै मन्त्री ढकालले उच्च मनोबलका साथ काम गर्न अनुरोध गरेका छन् ।
Comments

