दुई दिन घटेको सुनको मूल्य मंगलबार वृद्धि भएको छ । यस दिन सुन तोलामा एक हजार ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दुई दिन सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको थियो । सोमबार सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

चाँदीको भाउ पनि मंगलबार उकालो लागेको छ । यस दिन चाँदी तोलामा ३० रुपैयाँले बढेर प्रतितोला एक हजार २३५ रुपैयाँमा किनबेच हुँदैछ । सोमबार भने चाँदी प्रतितोला एक हजार २०५ रुपैयाँ तोकिएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।