साउन २३ । अण्डा, मासु तथा कुखुरा व्यवसायीहरुले बर्डफ्लु नलागेका कुखुरालाई बजारमा लिन दिनुपर्ने माग गरेका छन् ।
संवाद डबलीमा पत्रकार सम्मेलन गरेर बर्डफ्लुको खतरा बढेको भन्दै सरकारले बाजरमा मासु लिन प्रतिवन्ध गरेपछि व्यवसाय नै चौपट्ट हुन लागेको भन्दै व्यवसायीले उक्त माग गरेका हुन् ।
नेपाल दाना उद्योग संघका अध्यक्ष डा. तिलचन्द्र भट्टराई, पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष चन्द्रमान श्रेष्ठ, नेपाल अण्डा उत्पादन संघका अध्यक्ष शिवराम केसी, नेपाल कुखुरा बजार ब्यवस्थापन संघका अध्यक्ष शंकरप्रसाद कंडेलले सरकारले कुनै मापदण्ड विना ब्यवसायीहरुलाई हतोत्साहित बनाएको बताए । उनीहरुको विचारमा नेपालमा सुद्ध खानेकुरा भनेकै कुखुराको मासु र अण्डामा मात्र रहेको छ ।
नेपाल पर्यावरण संरक्षण तथा सम्बद्र्धन संघले आयोजना गरेको कार्यक्रममा सोही संस्थाका अध्यक्ष सुर्दशन प्रधानले नेपालमा आत्मनिर्भर रहेको उद्योगलाई धरासायी बनाउने योजनामा रहनु दुखद पक्ष भएको बताए । उनको थप विचार यसै साथ पठाईएको छ ।
                                 वक्तव्य
कोलिफर्म र बर्डफ्लूलाई पहिचान गरौं, गाई भैंसी र कुखुराहरुको संरक्षण गरौं ।
संघीय राज्य नेपालको राष्ट्रिय जनावरमा गाईलाई अझैसम्म मान्यता दिइएको छ । यो त्यही गाई हो, जसले नेपालको अर्थतन्त्रलाई दह«ो आड दिने सम्भावना छाइरहेछ । किनकि विदेशबाट फर्केका हजारौं नेपाली युवाहरु र माओवादी जनयुद्ध भाग लिएका हजारौं योद्धाहरु पनि आधुनिक गाई फर्म निर्माण गर्न उत्सुक छन् र कतिपयले व्यवहारतः थालेका छन् । उन्नत जातको जर्सी, होलेस्टाइन र टोरेन्टाइन गाईहरु यहिँ उत्पादन हुन थालेका छन् । जुन एउटै गाईले दैनिक ५० लिटरसम्म पनि दूध दिन्छन् ।
यो ठूलो उपलब्धी हो । यसले भारतबाट आउने वार्षिक अरवौं मूल्य बराबरको पाउडर दूध र तरल दूधलाई रोक्नेछ र मुलुकलाई दूधमा आत्मनिर्भर तुल्याई अर्थतन्त्रमा पनि सुधार ल्याउने छ । नेपालको दुग्ध उद्योग र पशुपालन अनि किसानहरुको चेतना र प्रविधिको विकास र बृद्धि गर्न राज्यले थुप्रै कुराहरुमा दृष्टि पु¥याउन जरुरत छ । यसमा सञ्चार माध्यमहरुको पनि महत्वपूर्ण भूमिका हुनेछ । झण्डै दुई हप्ता अघि एउटा राष्ट्रिय स्तरमा प्रभावशाली पत्रिकाले दूधमा पाइएको कोलिफर्म किटाणुको विषयमा बढाई चढाई प्रचार प्रसार गरेको थियो । वास्तवमा गाई भैंसी र मान्छेको आन्द्रामा पाईने कोलिफर्म एउटा किटाणु हो । जुन मल त्याग गर्दा आउँछ र त्यसले मान्छेमा ज्वरो, पखाला, टाईफाईड पनि हुन सक्छ । जुन किटाणु ९०० को तापक्रममा मर्छ । प्रायः दूध भनेको सबैले उमालेर नै प्रयोग गर्छन् । जहाँ १००० को ताप हुन्छ । यस्तो मामुली विषयमा राष्ट्रिय स्तरका अझ स्थापित सञ्चार माध्यमले विशेष रुपले प्रचार गर्दा त्यसले मुलुकको चौतर्फी क्षेत्रमा गम्भीर नकरात्मक असर पार्छ । काठमाडौंको प्रशोधित दूधका प्याकेटहरुमा कोलिफर्म पाइयो भनेर जुन सञ्चार माध्यममा आयो यसबारे सम्बन्धित निकायले गम्भीर रुपले अनुसन्धान गर्न खाँचो छ किनकि कसैले नेपाली दुग्ध उद्योगलाई धरासायी तुल्याउने नियतले जानाजान त्यस्तो अपराध त गरिरहेको छैन ?
त्यसरी नै नेपाल कुखुरा र अण्डामा आत्मनिर्भर बनेको छ र लाखौं किसानहरु र उद्यमीहरुलाई त्यसले रोजगार दिएको छ । राजश्व संकलनमा पनि यो उद्योगको उल्लेखनीय देन छ । कुखुराको मासु र अण्डा नेपाली जनताको एक अभिन्न खाद्यान्न बन्न थालेको छ । प्रोटिन र क्याल्सीयम युक्त यो मासु र अण्डाले नेपाली जनताको स्वास्थ्यमा पनि सुधार भएको छ र औषत आयुमा पनि बृद्धि भएको छ भनेर आंकलन गर्न सकिन्छ । वार्षिक झण्डै २५ अरबको खसीबोका, राँगा र भैंसी भारतबाट आयात हुने नोपलमा कुखुरा र अण्डा पनि प्रचुर भित्रियोस् भनेर दक्षिणको तिव्र ईच्छा हुँदो हो । त्यसैले बेला बेला भारतको नाकाबाट चल्ला र अण्डाहरु त्यहाँबाट आयात हुन्छन् तर प्रायः ती समातिन्छन् र नष्ट गरिन्छन् । नेपाल कुखुरा अण्डा व्यवसायी संघले त्यसको निगरानीमा मात्र वार्षिक दशौं लाख लगानी गर्न वाध्य छन् ।
केही दिन यता कुखुरामा लाग्ने बर्डफ्लूको विषयमा पनि राष्ट्रिय सञ्चार माध्यमहरुले चाहिनेभन्दा अधिक बढाई चढाई प्रचार गर्दैछन् । यो प्रवृत्ति पनि राष्ट्र र जनताको हितानुकुल छैन । किनकि ७० डिग्रीको तापक्रममा मर्ने बर्डफ्लू ३०० डिग्रीको तेलमा पकाउँदा पूर्ण त नष्ट हुन्छन् । नेपालमा काँचो मासु खाने कोही छैनन् । कुखुरामा लाग्ने रोग र मासु, अण्डा कसरी पकाउने र कति खाने ? सम्बन्धमा जनचेतनाको जरुरत छ । कुखुरा पालक किसानहरु र उद्योगीहरुलाई पनि आवश्यक प्रशिक्षण र प्राविधिक ज्ञान पनि सम्बन्धित निकायले उपलब्ध गराउन पर्छ । राज्य भनेको कर उठाउनलाई मात्र हैन बरु राष्ट्रिय सम्पूर्ण उद्योगहरुको संरक्षण र सम्बर्धन गर्न पनि हो ।
भारतमा पनि बेला बेला कुखुरामा बर्डफ्लू लाग्छ तर त्यहाँको राष्ट्रियस्तरको पत्र पत्रिका र सञ्चार माध्यमहरुमा मुलुकै हल्लने गरी सम्प्रेषण गर्दैनन् । बरु राज्य र सम्बन्धित निकायलाई सचेत तुल्याउन र अनुसन्धान केन्द्रहरु खोल्न अनि उद्योगहरुमा नियमित अनुगमन गर्न प्रोत्साहन र निशान लगाउँछन् । नेपाली सञ्चार माध्यमहरु खै के भएको ? बर्डफ्लूले गाउँबस्तीहरु भसक्कै भएझैं बाँकी बाँचेकाहरुलाई जोगाउन कम्मर कसेर लागे झैं देखिन्छन् । के यहाँ कसैले भन्न सक्छन् ? नेपालमा बर्डफ्लूले कहाँ कहाँ कहिले कहिले र कति कति मान्छेहरु मरे ? यहाँ केवल कुखुरा र अण्डाको मात्र सवाल हैन यो त यहाँको दशौं लाख जनताको दैनिक गुजारा, पर्यटन उद्योग, खाद्यान्न र मुलुकको अर्थतन्त्रसँग पनि सम्बन्ध छ ।
अब राज्यले पशुपालनमा लाग्ने हरेक किसानहरुलाई एकवटा गाई तथा भैंसी पाले वापत वार्षिक रु. १०–१० हजारसम्म अनुदान दिने नीति लिन जरुरत छ । किनकि दैनिक ५ लिटर दूध दिने एउटा गाई वा भैंसीले मासिक १५० लिटर र वार्षिक १८०० लिटर दूध बजारमा पु¥याउँछ र जनताको स्वास्थ्य स्वस्थ बन्न सहयोग पुग्छ । त्यसरी नै उक्त गाई तथा भैंसीले दैनिक १० किलो मल दिन्छ भने मासिक ३ क्वीन्टल र वार्षिक ३६ क्वीन्टल मल दिन्छ । जुन मलले १० कठ्ठाको जमिनलाई उर्वरा तुल्याई बजारमा अन्न, तरकारी र फलफूल पु¥याउँछ । यस्तो अमृत उत्पादन गर्न सहयोग गर्ने गाई, भैंसीलाई दानापाना गर्ने, गोबर सोहर्ने, औषधि खुवाउने, रातदिन केही नभनी स्याहार गर्ने किसानहरुलाई कतैबाट पनि प्रोत्साहन, प्रश्रय केही नपाउने ? अझ पत्रकारहरुले पनि पौने किलोको असिना वर्षाउने ? यो कुरा कुखुरा पाल्ने किसानहरु माथि पनि लागु हुन्छ । अब के गर्ने त ? ३० लाख युवा त विदेश छि¥यो बाँकी पनि विदेशै गएर जिउने त ? कि बन्दुक बोकी जंगलतिर पस्ने हो ?
सुदर्शन प्रधान
अध्यक्ष
नेपाल पर्यावरण संरक्षण तथा सम्बर्धन संघ
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।