जेठ १४  नेपालमा नेपाली श्रमिक मजुदरको न्यूनतम तलव मासिक ८ हजार रुपैयाँ हुने पक्का भएको छ ।

गए राती भएको सरकारी अधिकारी रोजगारदाता,र ट्रेड युनियन सम्मिलित वार्ताले न्यूनतम तलव ८ हजार पुर्‍याउने सहमति गरेको हो । यसअघि मजदुरको न्यूनतम तलव ६ हजार २ सय रुपैयाँ रहेको थियो ।

सोमबारको वार्तामा मासिक तलव ५ हजार १ सय रुपैयाँ र महंगी भत्ता २ हजार ९ सय रुपैयाँ गरी जम्मा ८ हजार रुपैयाँ पारिश्रमिक दिने सहमति भएको हो ।एक साताभित्रै नयाँ तलवमान राजपत्रमा प्रकाशित हुने छ । यसरी नयाँ तलब कायम गराउन ढिला नहुने मजदुर सगठनले जनाएका छन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।