काठमाडौं
नेपाल आइडलको बिहीबारकाे प्रस्तुतीमा दोस्रो प्रस्तुती लिएर बुद्ध लामा स्टेजमा आए । सुरुमा उनले हाआ…..आहा….आ गरेर आलाप ताने । त्यसलगत्तै बुद्धलाइ साथ दिन अाएकी गायिका मिलन अमात्य पनि आलाप तान्दै स्टेजमा प्रवेश गरिन् । बुद्धले पनि हात उठाएर लाउडमा हेयई… दिए । अनि सुरु भयो प्रल्हाद तिमल्सिना र मिलन अमात्यको ओरिजिनल स्वरमा रहेको गीत ‘स्लोली स्लोली’ । सुरुमा केटाले गाउनु पर्ने गीतमा बुद्ध लामाले सुरु गरे-
आशैको गुलेलीमा
नजरैको मट्यांग्रा (मट्यांग्रा) ले
हेयई….

आशैको गुलेलीमा
नजरैको मट्यांग्रा (मट्यांग्रा) ले
कालीको मुटुलाई बनाई निशाना

हानेर तन्काएर
बट स्लाेली स्लाेली…
बुद्धले यसरी प्रस्तुती त सुरु गरे । तर उनले नजरैको मट्यांग्राले भन्नुपर्नेमा मच्यांग्राले भनिदिए । एक पटक होइन दोहोर्याएरै । तर उनले मच्यांग्रा भनेपनि गीतको लय भने छाडेनन् । पछि जज इन्दिरा जोशीले पनि मट्यांगा कि मच्यांग्रा भनेर सोधेकी थिइन् । मिलने मट्यांग्रा नै हो भनेपछि त्यस्तो कुरो ख्याल गर्नुपर्छ भनेर उनले भनेकी थिइन् । मच्यांग्रा भनेको विषयलाई अहिले सामाजिक सञ्जालाई कतिपयले उठाई समेत रहेका छन् । हेर्नुहोस् भिडियो
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।