काठमाडौं २८ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापन कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको छ ।
लौनचौरस्थित एक पार्टी प्यालेसमा मंगलबार बिहान आयोजित चियापान समारोहस्थलमा देउवा पुग्नासाथ महाधिवेशन प्रतिनिधिहरूले उनीविरूद्ध नाराबाजी सुरु गरेका थिए । कार्यक्रममा होहल्ला भएपछि नेता पौडेलले भिडलाई हल्ला नगर्न बारम्बार अनुरोध गरे पनि नाराबाजी रोकिएन । पौडेलले हल्लाले आफ्नै उद्देश्य र आफैंलाई क्षति पुर्याउने भन्दै सम्झाउँदा पनि नमानेपछि पौडेलले देउवालाई हात समातेर मञ्चसम्म ल्याएका थिए । नेता डा. मिनेन्द्र रिजालले पटकपटक ‘हात जोडेर’ हल्ला नगर्न बिन्ती गरेका थिए ।
Comments







