काठमाडौं । विभिन्न समयमा चोरी भएको ५१ वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारी प्रहरीले सवारीधनीलाई बुझाएको छ ।
काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५१ वटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) हरु खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको हो ।
जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको बग्गीखानास्थित कार्यालयबाट प्रहरीले ती सवारी साधन सवारी धनीलाई आज फिर्ता गरेको हो ।
Comments







