काठमाडाैं । काठमाठाैंबाट ५१ यात्रु बाेकेर झापाको भद्रपुर विमानस्थल पुगेकाे बुद्व एयरकाे जहाज शुक्रबार राति रनवेबाट चिप्लिएर बाहिर पुगेको छ ।

बुद्व एयरकाे जहाज दुर्घटना भएपनि मानविय क्षती हुनबाट भने जाेगिएकाे छ ।

दुर्घटनामा केही यात्रु सामान्य घाइते भएका छन्। चालक दलका सदस्य तथा यात्रु सबैको उद्धार भइसकेको र केही सामान्य घाइते भएकाले उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

काठमाडौंबाट आएको जहाज अवतरणका क्रममा ९ बजेर ७ मिनेटको समयमा चिप्लिएको हो। विमान रनवेबाट करिब दुई सय मिटर चिप्लिएर खोल्सीमा पुगेको थियो। विमानको अघिल्लो भागमा क्षति पुगेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।