रास्वपाका थापाले ७४ लाख नतिरेको भन्दै उम्मेदवारी खारेज गर्न माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट सुनसरी क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गराएका लाल विक्रम थापाविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता भएको छ ।

स्थानीय सत्य नारायण पण्डितले विद्यालयको लाखौँ रकम बक्यौता राखेको र सो रकम राफसाफ नगरेको दाबी गर्दै थापाविरुद्ध उम्मेदवारी खारेजीको मागसहित उजुरी दिएका हुन् ।

उजुरीकर्ताका अनुसार थापा सञ्चालक रहेको सनमुन प्लाजा नामक फर्मले इटहरी–९ स्थित जनता माध्यमिक विद्यालयको जग्गा भाडामा लिएर भवन निर्माण गरेको थियो । विद्यालयको आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण प्रतिवेदन अनुसार उक्त फर्मले विद्यालयलाई ७४ लाख १ सय ५० रुपैयाँ तिर्न बाँकी छ ।

बक्यौता रकम नतिरेको सम्बन्धमा विद्यालय प्रशासनले सुनसरी जिल्ला अदालतमा मिति २०८२ पुस २४ गते मुद्दा दर्ता गरेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत मुद्दा विचाराधीन छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।