काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका विवादित व्यवसायी दीपक भट्टको घर र कार्यालयमा छापा मारिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनको घर र कार्यालय हिमालयन रिइन्स्सोरेन्समा मंगलबार दिनभर छापा मारेर केही सामानहरू जफत गरेको। उनको घरबाट १० वटा गाडी, दर्जन मोबाइल, ल्यापटप र केही कागजातहरू जफत गरेको हो ।
भट्टसहित उनका सहयोगी उपेन्द्र हिरावतको घरमासमेत विभागले छापा मारेको छ। चैत १७ गते भट्टलाई विभागले कालो सूचीमा राखेको थियो भने चैत १९ गते पक्राउ गरेको थियो।
यस्तै, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी सुलभ अग्रवालको घरमा पनि छापा मारेको छ। उनी शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवालका छोरा हुन्।
Comments







