जेनेभा, ७ असोज । यदि अहिलेकै अवस्थाबाट इबोला भाइरसको सङ्क्रमण जाने हो भने आगामी नोभेम्बर महिनासम्ममा यसको सङ्क्रमणबाट कम्तीमा पनि २० हजार जना सङ्क्रममित हुने अनुमान गरिएको छ ।

विश्व स्वास्थ्य संगठनले सो अनुमान गरेको छ । जसका कारण हालैका दिनमा कयौं नागरिकको ज्यान गएको छ ।

विश्व स्वास्थ्य संगठनले हालका सो भाइरस निवारण र नियन्त्रणका कामहरु प्रभावकारी हुन नसकेको भन्दै यदि यो अवस्था नै निरन्तर रहने हो भने आगामी नोभेम्बर सम्ममा यसबाट २० हजार नागरिक प्रभावित हुने बताएको छ ।

विश्व स्वास्थ्य संगठनले यस सङ्क्रमण निवारणका लागि प्रभावकारी रुपमा लाग्न पनि चेतावानी दिएको छ ।

अहिलेको भन्दा बढी प्रभावकारी रुपमा उक्त भाइरस निवारणका मापदण्डहरु लागू नगरिएमा आगामी दिनमा यस सङ्क्रमणको थप विस्तार हुने अनुमान पनि सो संगठनले गरेको छ ।

पश्चिम अफ्रिकी मुलुकमा विगतका महिनादेखि सो सङ्क्रमणको प्रभाव देखिएको हो । जसका कारण दुई हजार ८०० नागरिकको ज्यान गइसकेको छ ।

अहिलेसम्ममा सो सङ्क्रमणबाट कम्तीमा पनि छ हजार नागरिक प्रभावित भएका छन् । सो प्रभावबाट बच्नका लागि अपनाइएका उपाय र उपचार विधि प्रभावकारी नभएको पाइएको छ ।

इबोला भाइरसको औषधि अमेरिकाले पत्ता लागाएको भएपनि त्यो सबैका लागि सहजै उपलब्ध भने हुन सकिरहेको छैन ।

उता अफ्रिकी मुलुकहरुमा व्याप्त रहेको सो सङ्क्रमण रोक्नका लागि संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्रसंघले स्थापना गरेको उपचार कोषबाट पनि नियन्त्रणका लागि प्रभावकारी उपाय अपनाउन सकिएको छैन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।