१) सामग्रीको सत्यता र निष्पक्षताः
अनलाइन विज्ञापनले झुठो, भ्रामक वा अतिरञ्जित दाबी गर्न सक्दैन। उत्पादन वा सेवाको गुण, मूल्य, अफर आदि सत्य विवरणमा आधारित हुनुपर्नेछ ।
२) बालबालिका संरक्षण नीतिः
बालबालिकालाई लक्षित गरिएका विज्ञापनहरूमा हिंसा, अश्लीलता, नशा वा गैरकानुनी सामग्री प्रतिबन्ध गरिएको छ ।
३) गोपनीयता र डेटा सुरक्षाः
प्रयोगकर्ताको व्यक्तिगत जानकारी संकलन वा प्रयोग गर्दा कानूनको पालन अनिवार्य छ । हामी समाचार र विज्ञापन दुवैमा व्यक्तिगत गोपनियताको उच्च ध्यान दिनेछौं ।
४) नकली अफर, पुरस्कार वा फेक डीलको प्रचारमा प्रतिबन्ध गरिनेछ ।
५) एडभटेरियल पोलिसीः
हामी एडभटेरियल सामग्री उत्पादन प्रकाशन तथा प्रसारण गर्नेछौं । तर, त्यस्ता सामग्रीहरुमा स्पष्ट देखिने गरी एडभटेरियल उल्लेख गरिनेछ ।
६) विज्ञापन सिमा :
कम्पनीको प्रतिष्ठामा आँच आउने तथा तोकिएको दररेटसँग नमिल्दो कुनै पनि विज्ञापन प्रकाशन प्रसारण गर्न हामी बाध्य हुने छैनौं । कम्पनी तथा संस्थाले बनाएर पठाएको विज्ञापन कानुन विपरित भएको खण्डमा सम्बन्धित संस्था नै जवाफदेही हुनेछ ।
७) सामाजिक सञ्जालमा विज्ञापन प्रकाशन/प्रसारण:
यस मिडियाले आफ्नो आधिकारिक फेसबुक, ट्विटर, टिकटक तथा युट्युबमा अडियो/भिडियो सामग्री पनि निर्माण तथा प्रसारण गर्नेछ । त्यसका लागि छुट्टै अतिरिक्त शुल्क लाग्नेछ ।

