अमेरिकामा  व्यापक हिमपात भएको छ ।
गएको हप्ता देखी  परेको हिउँले  जनजिवन  निकै प्रभावीत भएको छ ।

अमेरीकाको भर्जेनिया, वासीन्टनडिसी, कोलोराडो, कन्सास ओक्लाहो र मेरील्याण्ड लगायतका उत्तरी भागमा व्यापकरुपमा  हिउँ परि रहेको छ। विभिन्न राज्यहरुमा ६० सेन्टिमिटर सम्म बाक्लो हिमपात भएको छ ।

हिँउ परेपछि  सडकमा  यातायतका साधान देखिएका छैनन् । सडकमा  हिउँ सभा गर्नेहरुलाई  हिँउ सफा गर्न धौ धौ परेको छ ।

हिमपातबाट अहिले सम्म १६ जनाको ज्यान गएको छ ।  भने ३७०० भन्दा बढि बायु उडान रद्द भएको बिबिसीले जनाएको छ ।

व्यापक हिमपात पछि कन्सास सिटी अन्तराष्ट्रिय विमानस्थल समेत बन्द भएको छ । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।