काठमाडौं । प्रभु बैंक लिमिटेडले सम्पूर्ण मोवाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई लक्षित गर्दै क्वीआर क्यास स्क्यान गरेर नगद झिक्न मिल्ने नयाँ सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा अन्य बैंकका मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले समेत उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।
यो नेपाली बैंकिङ्ग इतिहासमा नबिनतम् प्रयोग हो । यो सेवा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुका नगद काउण्टरहरुबाट सहजरुपमा उपलब्ध हुनेछ । यसबाट नगद झिक्न चेक तथा एटिएम कार्ड बोक्ने झण्झटबाट ग्राहकहरु मुक्त हुने बैंकले जनाएको छ । बैंकले सञ्चालनमा ल्याएको यस नबिनतम् सेवाबाट ग्राहक वर्गले पर्याप्त लाभ उठाउनुहुनेछ भन्ने बैंकले विश्वास लिएको जनाएको छ ।
Comments






