साउन १४ । महोत्तरीको ससौलबाट अपहरणमा परेका ब्यवसायी विक्रम सहनीको हत्या गरिएको अवस्थामा शव फेला  परेको छ ।
महोत्तरीकै सरपल्लो -७ का २१ वर्षका शहनीको शव ससौल -४ मा रहेको रामानन्द यादवको खेतमा मृत्य अवस्थामा भेटिएको महोत्तरी प्रहरी कार्यलयले जानकारी दिएको छ ।

१० लाख रुपैयाँ फिरौती दिन नसकेपछि शहनीको हत्या गरिएको अनुमान गरीएको छ । स्थानीय  पोखरभिण्डा बजारमा माछा बेचेरे मोटरसाइकलमा घर फर्कने क्रममा शहनीलाई अपहरणकारीले अपहरण गरेका  थिए।

  अपहरणकारीको  खोजी कार्य जारी रहेको  र  घटनाको थप अनुसन्धान भइरहेको महोत्तरीका प्रहरी उपरिक्षक रामप्रसाद श्रेष्ठले  बताएका छन ।
यसैबिच व्यावसायी विक्रम सहनीको हत्या भएको बिरोधमा  बर्दिवास–जलेश्वर सडकखण्डस्थित सरपल्लो बजार स्थानीयले बन्द  गराएका छन ।  बन्दबाट बजार पनि ठप्प गराएइएको छ   भने सवारी साधन चलन दिएको छैन । जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वाला समूहले सुराकीको आरोपमा सहनीलाई गएराति गोली हानेर हत्या गरेको स्थानीयले आशंका गरेका छन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।