असार १३ । राष्ट्रिय अनुसन्धान विभागका एक जना असईले नै पक्राउ परेकाहरुलाई छुटाईदिने भन्दै पैसा असुल गर्ने गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको छ ।

असई योगेन्द्र मण्डल र उनका साथी खगेन्द्र प्याकुरेललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरूले गत जेठ २८ गते कतार एयरको उडानद्वारा काठमाडौंबाट कतार जान लागेका पाकिस्तानी नागरिक अमन तुल्लाह खान, जुलेखा मियाँलाई मुद्दा मिलाइदिने भन्दै उनीहरूबाट ५० हजार रुपैयाँ लिएको पुष्टि भएपछि उनीहरूलाई पक्राउ गरिएको अपराध महाशाखाको भनाई उदृत गद्रै आज कान्तिपुर दैनिकले खबर छापेको छ ।

महाशाखाका अनुसार पाकिस्तान जान लागेका उनीहरूकी छोरी सलिना मियाँको नेपाली राहदानी र जन्मदर्ताको प्रमाणपत्रमा जन्ममिति फरक भएपछि अध्यागमनले अनुसन्धानका लागि अपराध महाशाखामा पठाएको थियो । उनीहरूलाई फरक जन्ममिति भएको किर्ते कागजपत्र वासु कोइराला नामका व्यक्तिले बनाइदिएको र उनको खोजी भइरहेको जनाएको छ ।

यसैबीच, पक्राउ परेकाहरुको मुद्धा मिलाईदिने तथा छुटाईदिने भन्दै पैसा असुल भएको थाहा पाएपछि प्रहरीले त्यस्ता दलाललाई हनुमानढोका प्रवेश निषेध गरेको छ ।

कार्यालयको प्रवेश गर्ने ढोका, भित्ता र सूचनापाटीमा सेवाग्राहीले देख्ने गरी प्रहरीले न्याय पाउन कुनै मूल्य तिर्नु पर्दैन, सोझै सम्पर्क गर्नुहोस्, निष्पक्ष सेवा लिनुहोस भन्ने सुचना टाँसेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।