हेलोखबर डटकमको सम्पादकीय नीति
१) हामी सत्य तथ्यमा आधारित सामग्रीमा जोड दिनेछौं ।
२) हामी पल-पलको खबर भन्दा पनि खोजी र विश्लेषणत्मक समाचारमा जोड दिनेछौं ।
३) कुनै पनि सामग्री त्रुटि देखिएमा तुरुन्तै सुधार गरिनेछ ।
४) हामी कुनै आग्रह पूर्वाग्रहमा आधारित भएर समाचार सामग्री प्रकाशन प्रसारण गर्दैनौं । तर, सत्यतथ्यमा कहिले पनि पछि हट्दैनौं ।
५) कुनै समाचार सामग्रीमा सम्बन्धित पक्षको गुनासो भएमा त्यसलाई समावेश गर्नेछौं । तर, हामीले उठाएका विषयलाई प्रमाणित गर्ने पहिलो दायित्व हाम्रो हुने भएकाले त्यसलाई पनि निरन्तरता दिनेछौं ।
६) हामी प्रेस काउन्सिल नेपालले जारी गरेको पत्रकार आचार संहिताको पूर्ण पालनामा प्रतिबद्ध छौँ ।
७) हामी प्रकाशित कुनै पनि समाचार सामग्री डिलिट गर्ने छैनौं । तर, कुनै पनि त्रुटिबस गलत सामग्री प्रकाशन हुन गएमा त्यसको जिम्मेवारी सम्पादकिय टिमले लिनेछ भने क्षमायाचनासहित भुलसुधार गरिनेछ ।

