काठमाडौं २४ पुष । नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरीले विवादित मिडिया अवार्डमा आफ्नो डिजिटल हस्ताक्षर दुरुपयोग गरेको विषयमा छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।
महासचिवको हस्ताक्षर प्रयोग गरेर अवार्डका लागि रकम ताेकेरै चन्दा उठाएको भन्दै अहिले व्यापक आलोचना भइरहेको बेला महासचिवले आफ्नो हस्ताक्षर दुरुपयोग गरेको भन्दै छानबिन गरेर दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।
मिडिया अवार्डका विषयमा सचिव सिर्जना अर्यालले विज्ञप्ति जारी ३ लाख राहत कोषमा दिने भएपछि सहकार्य गरेको जनाएपछि महासचिवले आफ्नो धारणा सार्वजनिक गरेका हुन् । यस्तो छ उनले सामाजिक सञ्जालमा राखेको आफ्नो धारणाः
नेपाल पत्रकार महासंघ पनि जोडिएको मिडिया अवार्डका विषयमा अन्तिम समयमा भए पनि धारणा सार्वजनिक हुनु सकरात्मक छ । तर, मेरो डिजिटल हस्ताक्षर दुरुपयोग, सम्बन्धित संस्थाले प्रयोग गरेको महासंघको लोगो, महासंघको नाममा गरेका क्रियाकलापलगायतको छानविन गरेर दोषीलाई कारबाही गर्नुपर्छ । संस्थागत निर्णय नभएसम्म अदृश्य तरिकाले हुने क्रियाकलापको अन्त्यका लागि यही पुस ३० गते बस्ने केन्द्रीय समिति बैठकले आवश्यक निर्णय लिनुपर्छ । महासंघप्रति सद्भाव राखेर नेतृत्वलाई खबरदारी गर्ने, सकरात्मक परिणामका लागि आलोचना गर्ने, सुझाव दिने अग्रज, सहकर्मी, नागरिक समाजका प्रतिनिधि, सञ्चारमाध्यम सबैमा हार्दिक धन्यवाद । महासंघको विधानले निदिष्ट गरेका उद्देश्य प्राप्तिमा यसैगरी सबैको साथको अपेक्षा व्यक्त गर्दछु ।
रोसन पुरी
महासचिव, नेपाल पत्रकार महासंघ
यस्ताे छ सचिव अर्यालद्वारा जारी विज्ञप्ति







