सुचांक र सुशासन सुधार्नुपर्नेमा लक्की ड्र खेलाएर फेसबुकमा रमाउँदै कुमारी बैंकको सिइओ खनाल

काठमाडौं । कुनै पनि संस्था कस्तो हुने भन्ने विषय नेतृत्वको क्षमता, इच्छाशक्ति, योजना र प्राथमिकतामा निर्भर रहन्छ ।

राष्ट्रिय ‘क’ वर्गको कुमारी बैंकले विगत ३ वर्षदेखि सेयरधनीलाई लाभांश दिन सकेको छैन । तर, कर्मचारीलाई बोनशबापत करोडौं बाड्दै आएको छ । खराब कर्जाले उच्च तह पार गर्न लागेको छ ।

बैंकका सिइओ रामचन्द्र खनालले यस्तो समयमा सञ्चालन खर्च कटौतीदेखि एनपिएल सुधारका महत्वपूर्ण योजना बनाएर लाग्नुपर्ने हो ।

उनले त्यस्ता योजनाहरु मिडिया तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेर मन जित्नुपर्ने हो ।

तर, सिइओ खनालको ध्यान भने बैंकको आधिकारिक फेसबुक पेजमा लक्की ड्र खेलाउने र लाइक र रिच गन्नेमा रहेको पाइएको छ । उनको प्राथमिकता बैंक सुधार भन्दा पनि फेसबुक रिच र लाइक बढाएर रमाउने गरेको देखिएको हो ।

सिइओ खनालले अप्ठ्यारोमा पुगिसकेको बैंकलाई रिबाउन्स गराउन सामाजिक सञ्जालको प्रयोग पनि गर्नुपर्नेमा दुई मत छैन । सामाजिक सञ्जालमा आफ्ना योजना र स्किम बेच्नुपर्नेमा ५०० को रिचार्डको नाममा लक्की ड्र बेचिरहेको पाइएको हो । अझ, लक्की ड्रलाई विस्डम विकन्डको नाम नै दिएर अभियान चलाइएको छ ।

लक्की ड्रका शर्तहरु झनै रमाइला छन् । पोष्ट सेयर गर्नुपर्ने, पेज लाइक गर्नुपर्ने अनि तीन जना साथीलाई उत्तरको ट्याग र मेन्सन गर्नुपर्नेछ अनि मात्र लक्की ड्रमा परिने जनाइएको छ । लक्की ड्र कुन आधारमा छनोट गरिन्छ भन्नेबारे भने गोप्य राखिएको छ ।

बैंकले डिपोजिट तथा बचत बढाउन, बैंककै ग्राहक बढाउने योजना अगाडी सारेर यसरी नै लक्की ड्र गरेको भए पनि ठिकै हो भन्न सकिन्थ्यो । तर, फेसबुक पेजमा लाइक बढाएर सिइओ खनालले के गर्न खोजेका हुन् त्यो भने उनलाई थाहा हुनुपर्छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।