सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो

काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार ९०० र चाँदीको मूल्य तीन हजार ९२० कायम भएको छ ।

हिजो बुधबार छापावाल सुन प्रतितोला दुई लाख ७५ हजार ६०० र चाँदीको मूल्य तीन हजार ६५५ कायम थियो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।