आईजीपीमा मनोजकुमार केसी नियुक्त, गृहमन्त्रीले लगाइदिए फुली

काठमाडौं । सरकारले नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आइजीपी) मा डा. मनोजकुमार केसीलाई नियुक्त गरेको छ ।

नवनियुत्त आईजीपी केसीलाई गृहमन्त्री सुधन गुरुङ दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

बुधबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा गृहमन्त्री गुरुङले केसीलाई आईजीपीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

यसअघि गृहसचिवले आईजीपीलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै आएका थिए । केसीलाई आजै मन्त्रिपरिषद् बैठकले महानिरीक्षक पदमा नियुक्त गरेको थियो ।

दानबहादुर कार्कीलाई महानिरीक्षक पदबाट हटाएर सरकारले केसीलाई नियुक्त गरेको हो । कार्कीलाई भने प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।