काठमाडौँ । पछिल्ला केही दिनमा नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढ्दो क्रममा रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर ४२ पुगेको छ ।

मन्त्रालयका अनुसार आज थप १६ जना सङ्क्रमित थपिएका छन् । पीसीआर विधिबाट पुष्टि भएका यसमा पछिल्ला ५ दिनको सञ्चित रहेको सङ्ख्या पनि समावेश छ । पछिल्लो २४ घण्टामा २ जना निको पनि भएका छन् ।

नेपालमा हालसम्म पीसीआर विधिबाट १० लाख १ हजार २२३ जना तथा एन्टिजेन विधिबाट १ लाख ५२ हजार २३३ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै ९ लाख ८९ हजार १६१ जना सङ्क्रमणमुक्त पनि भएका छन् । नेपालमा निको हुने दर ९८.८ प्रतिशत रहेको छ ।नेपालमा हालसम्म १२ हजार २० जनाको मृत्यु भएको छ । नेपालमा मृत्यु हुने दर १.२ रहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।