काठमाडौं । नेपाली कांग्रेसले औपचारिक रुपमा नै उपसभामुख इन्दिरा रानामगरको राजीनामा मागेको छ ।

बुधबार बिहान बसेको कांग्रेसका शीर्ष नेताहरुको बैठकले उपसभामुख इन्दिरा रानामगरको राजीनामा मागेको हो । काग्रेसले उपसभामखु राणाले मुलुकको शीर झुकाउने कार्य गरेको निष्कर्ष समेत निकालेको छ ।

कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बैठकपछि भने, ‘हाम्रो चाहना के हो भने सबै प्रक्रियामा जानुभन्दा उहाँले बहिर्गमनको बाटो रोज्नु राम्रो हुन्छ ।’

उपसभामुख रानामगरले राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्रमा सहभागी हुन पाँच जनाको अन्तर्वार्ता अगाडि सारिदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेको विषय केही समय अगाडी सार्वजनिक भएको थियो । त्यसपछि उनी विवादित बनेको थिइन् ।

सोमबार साँझ प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुको बैठकमा पनि उपसभामुख रानामगरको विषयले प्रवेश पाएको थियो । मंगलबार बसेको संसद बैठकमा प्रतिपक्ष र सत्ता पक्ष दलका सांसदहरु उपसभामुखको पक्ष–विपक्षमा उभिएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।