रवि लामिछाने भन्छन्: ‘मलाई अदालतले न्याय दिने विश्वास छ’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि लागेका आरोपमा अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन् ।

बिहीबार जिल्ला अदालत कास्की पोखरामा तारिख बुझ्न उपस्थित भएका लामिछानेले सञ्चारकर्मीसँग कुरा गर्दै अहिले तारिख बुझ्न आफू विभिन्न अदालतमा जानुपरेको भन्दै अदालतले आफूमाथि न्याय गर्ने विश्वास व्यक्त गरे ।

सबैले न्याय पाउने अदालतबाटै भएकाले कानुनी र अदालती प्रक्रियालाई आफूले सदैव सम्मान गर्ने उनले बताए । उनले मुद्दा दायर भएका अदालतमा तारिख बुझ्न आफै उपस्थित हुनुपर्ने भएकाले आफूले त्यही अनुसार तालिका बनाएर समय व्यवस्थापन गरिरहेको धारणा राखे । सभापति लामिछानेले आफूहरू कानुनी राज्य स्थापित गर्न हिँडेकाले कानुनी प्रक्रियालाई राम्रोसँग बहन गर्ने उल्लेख गरे ।

Comments
spot_img

More like this

सुरक्षित स्थानमा स्थानान्तरण गरी भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउँछौँः सभापति...

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जोखिमपूर्ण ठाउँमा बसेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण...

पूर्णबहादुर खड्कालाई कारबाही गर्दै कांग्रेस, सोधियो सात दिने स्पष्टिकरण

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कालाई कारबाही थालिएको छ । पार्टीले उनलाई सात दिने स्पष्टीकरण...

कांग्रेसको १५औँ महाविधेशनको कार्यतालिका सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । बुधबारको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज...