कांग्रेस विवादः देउवापक्षले अलग्गै महाधिवेशन गर्नका लागि ५५ जिल्ला संयोजक तोक्यो

काठमाडाैं । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवापक्षले अलग्गै महाधिवेशन गर्नका लागि ५५ जिल्लामा संयोजक तोकेको छ ।

देउवा समूहले १५औँ महाधिवेशन तयारी समितिका आयोजक पूर्वमहामन्त्री डा. शशांक कोइरालाले जिल्लाका संयोजक तोकेका हुन् ।

आगामी २१–२३ मंसिरमा हुने महाधिवेशनको तयारीका लागि जिल्ला संयोजक तोकिएको कांग्रेस नेता एनपी साउदले जानकारी दिए ।

देउवा समूहले मधेश प्रदेशमा भने कुनै जिल्लामा पनि संयोजक तोकिसकेको छैन ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।