काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभामा बोल्दैछन् ।
प्रमुख प्रतिपक्षी दलका नेताले संसदमा सम्बाेधन गर्दा प्रधानमन्त्री उपस्थित हुने प्रचलन रहेकाे छ। तर, प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर जाने भएकाले प्रचण्ड बोल्दा प्रतिनिधि सभामा आज पनि अनुपस्थित रहनेछन् । यसअघि पनि प्रचण्डले संसदमा सम्बाेधन गर्दा प्रधानमन्त्री अनुपस्थित भएका थिए ।
सोमबार बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रचण्डले संसदलाई गर्ने सम्बोधनबारे छलफल भएको थियो । छलफलपछि प्रचण्डले सम्बोधन गर्ने तय भएको हो ।
Comments







